सुनको भाउ निरन्तर बढ्दै, बुधबार पनि ५०० रुपैयाँले बढ्यो
२१ जेठ, काठमाडौँ । नेपाली बजारमा सुनको भाउ केही दिनदेखि निरन्तर बढेको छ । बुधबार पनि सुनको भाउ ५०० रुपैयाँको बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुन १ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी तोलामा ३० रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३५४.८ अमेरिकी डलर र ३४.४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।