Business Gold & Silver 

तोलाको १५ सय रुपैयाँ सुनको मूल्य

१५ जेठ, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ । बिहीबार सुन तोलामा १ हजार ५ सय रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

Related posts

Leave a Comment