Banking 

ग्लोबल आईएमई बैंकका ग्राहकले तिलगंगा सिटी आई सेन्टरमा १५ प्रतिशत छुट पाउने

०७ जेेठ, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले तिलगंगा सिटी आई सेन्टरमा छुट पाउने भएका छन् ।

ग्लोबल आइएमई बैंक र चुच्चेपाटी चाबहिलस्थित तिलगंगा सिटी आई सेन्टरबीच बैंकका ग्राहकलाई आई सेन्टरले उपलब्ध गराउने विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीमा बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल र सिटी आई सेन्टर प्रमुख कार्यकारी अधिकृत आस्था पन्तले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्तालाई अस्पतालको सेवा उपचारमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने छ ।

आई सेन्टरले बैंकका ग्राहकलाई आई सेन्टरको सामान्य आँखा परीक्षण, डाक्टरबाट सिफारिस चश्मा, शल्यक्रिया र थेरापीमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

ग्लोबल आईएमई बैंकका प्रमुख मार्केटिङ अधिकृत पोखरेलले तिलगंगा आई सेन्टरसँगको साझेदारीले बैंकका ग्राहकहरूलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्धि हुने विश्वास व्यक्त गरे ।

यस साझेदारीपछि बैंकका ग्राहकले एउटै छानामुनि आँखा सम्बन्धि सम्पूर्ण स्वास्थ्य सेवा तथा सुविधा उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधा विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पन्तले बताइन् ।

पन्तलले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने आई सेन्टरको प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने उनल स्पष्ट पारिन् ।

Related posts

Leave a Comment