Business Gold & Silver 

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ मंगलबारको भाउ

०६ जेठ, काठमाडौँ । मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २१६.८३ अमेरिकी डलर र चाँदी प्रतिऔँस ३२.२१ डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment