Business Share Market 

६ दिनपछि बढ्यो सेयर बजार, घट्यो कारोबार

०५ जेठ, काठमाडौं । अघिल्लो दिनसम्म लगातार ६ दिन घटेको सेयर बजार सोमबार बढेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १९.३० अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६२८ मा कायम भएको छ । नेप्से बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ८ अर्ब ५० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३५ करोडको भयो । १८५ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने दुईको स्थिर रह्यो । आज होटल तथा पर्यटन सेक्टर १.२४ प्रतिशत घट्यो भने अरु सबै बढे । विकास बैंक समूह सबैभन्दा धेरै १.८८ प्रतिशत…

Read More
Automobiles Business 

नाफामा फर्कियो हुवावे पार्टनर सेरेज ग्रुप : गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृती प्राप्त

०५ जेठ, काठमाडौँ । हुवावे टेक्नोलोजिजसँगको सहकार्यमा विद्युतीय सवारीसाधन निर्माण गर्दै आएको सेरेस ग्रुपले सन् २०२४ मा उत्कृष्ट सवारी बिक्रीका कारण पुनः नाफामा फर्किएको जनाएको छ । साथै, कम्पनीले योजनामा रहेको गिगाफ्याक्ट्री (विशाल उत्पादन कारखाना) खरिदको लागि स्टक एक्सचेन्जबाट स्वीकृति पनि पाएको छ । कम्पनीले सन् २०२४ डिसेम्बर ३१ मा समाप्त आर्थिक वर्षको लागि अनुमानित नाफा ५.५ अर्बदेखि ६ अर्ब चिनियाँ युआन (७५६ मिलियनदेखि ८२५ मिलियन अमेरिकी डलर) रहेको जनाएको छ । यो अघिल्लो वर्षको २.४५ अर्ब चिनियाँ युआन (३३७ मिलियन अमेरिकी डलर) घाटासँग तुलना गर्दा महत्वपूर्ण वित्तीय सुधार हो…

Read More
Automobiles 

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरुमा प्रि बजेट अफर

०५ जेठ, काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरुमा आकर्षक प्रि बजेट अफर ल्याएको छ । यो अफर जेठ ५ गतेदेखि १४ गतेसम्म लागु हुनेछ । अफरले ग्राहकहरुलाई हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आइओएनआइक्यू ५ र क्रेटा इभीमा लागु हुने कम्पनीले जानकारी दिएको छ । अफर नेपाली उपभोक्ताहरुको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको हो । योजना अन्तर्गत नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओएन आइक्यू ५ र क्रेटा इभी खरिद गर्ने ग्राहकहरुले प्रोत्साहनस्वरुप लाभ उठाउन सक्नेछन् । प्रि बजेट छुट योजनाको विशेषताहरुमा निशुल्क बीमा रहेको छ ।…

Read More
Business Gold & Silver 

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदी स्थिर

०५ जेठ, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ बढेको छ । सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य आइतबारको मूल्यलाई निरन्तरता दिइएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण…

Read More
ipo Share Market 

ट्रेड टावरले जेठ १४ गतेदेखि आईपीओ निष्काशन गर्ने

०५ जेेठ, काठमाडौँ । ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि प्राथमिक साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले वैदेशिक रोजगारीमा रहेकाको लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको…

Read More