सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
०१ जेठ, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबार सुन तोलामा ३ हजार ५०० रुपैयाँले घटेको हो । चाँदीमा पनि ३५ रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदी प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार १४६.०९ अमेरिकी डलर र ३१.८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।