Share Market 

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

२८ वैशाख, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से ओरालो लागको छ । आज नेप्से ११.५३ अङ्कले ओरालो लागेको हो । आजको गिरावटसँगै बजार २६५०.११ को विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.५७ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.७९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अङ्क घटेको छ ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.५० प्रतिशत बढेको छ । यस उपसमूहअन्तर्गत सूचीकृत ६ वटै होटलहरुको सेयर मूल्य बढेसँगै परिसूचक पनि उच्च दरमा बढेको हो । विकास बैङ्क उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक ३.७२ प्रतिशत घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । गत साताको बुधवार साढे ११ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा आइतबार ३०० स्टकको ८८ हजार ९५५ पटकको कारोबारमा १० अर्ब २० करोड २७ लाख १ हजार रुपैयाँ बराबरको २ करोड ४० लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन ५ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

कारोबारमा आएको सिन्धु विकास बैङ्कको सेयर मूल्य यस दिन सर्वाधिक ७.४२ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६६ करोड ५ लाख ८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको ६० करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम साढे ५४ करोड नाघेको छ ।

Related posts

Leave a Comment