सुनको भाउमा सामान्य गिरावट, तोलाको कति ?
२८ वैशाख, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउमा सामान्य गिरावट आएको छ । गत शुक्रबार प्रतितोला १ हजार ४ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार थप ३ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको १ लाख ९० हजार ५ सय रुपैयाँ कायम छ । शुक्रबार सुन तोलाको १ लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । चाँदी शुक्रबार तोलामा १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो । आज भने प्रतितोला १ हजार ९ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।