सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घट्यो, चाँदी भने सामान्य वृद्धि
२६ वैशाख, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य १ हजार ४०० रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधार सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३२४.३१ अमेरिकी डलर र ३२.५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।