Business Gold & Silver 

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो

२५ वैेशाख, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । बिहीबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधार सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३९१.५३ अमेरिकी डलर र ३२.८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment