Business Share Market 

सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक

२३ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेर बन्द भएको छ । यस दिन १.०३ अंकले बढेको बजार २६११.४३ बिन्दुमा पुगेर रोकियो । यो ०.०३ प्रतिशत वृद्धि हो । आज मंगलबार कुल ३ सय १८ वटा धितोपत्रको ८० हजार ५४ कारोबारबाट २ करोड ५ लाख ४२ हजार ७ सय ६५ कित्ता सेयर किनबेच भएको छ । यस दिन ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार जलविद्युत ३, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा…

Read More
Main Headlines 

राष्ट्रिय वाणिज्य बैंक र रेडियो नेपाल बीच सम्झौता

२३ वैशाख, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सार्वजनिक सेवा प्रसारण नेपाल,( रेडियो नेपाल ) बीच रेडियो नेपालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र रेडियो नेपालका का.मु. प्रमुख प्रशासकिय अधिकृत बिष्णुराम न्यौपानेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात रेडियो नेपालमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई कम्पनीकोे सिफारिसमा अधिकतम १५्र लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ…

Read More
Business 

हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

२३ वैशाख, काठमाडाैं । हिमालयन रि इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। बैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा लाभांश वितरण हुने छ।

Read More
Business International 

संयुक्त राष्ट्रसंघद्वारा सन् २०२४ मा विकासमा ‘अस्थिर’ मन्दीको चेतावनी

२३ वैशाख, काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय सहायतामा नाटकीय रूपमा कटौती गर्नुभन्दा धेरै अघि नै विश्वव्यापी महामारीपछिको पुनरुत्थान शक्ति गुमाउन थालेपछि, मानवताले सन् २०२४ मा विकासमा अप्रत्याशित र ‘अस्थिर’ मन्दी दर्ता गरेको संयुक्त राष्ट्रसंघले मंगलबार चेतावनी दिएको छ । जीवनस्तर, स्वास्थ्य र शिक्षाको मापन गर्ने संयुक्त राष्ट्रसंघको मानव विकास सूचकांक (एचडिआई) अनुसार सन् २०२३ सम्ममा विश्व कोभिड–१९ महामारीको आघातबाट बाहिर आएको थियो । तर मंगलबार जारी गरिएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को वार्षिक प्रतिवेदनअनुसार त्यो पुनरुत्थानले गति गुमाउँदै गरेको देखिन्छ । ‘यदि त्यो ‘अस्थिर’ मन्दी नयाँ सामान्य…

Read More
Banking Business 

ज्योति विकास बैंक नेपाल पे कार्ड र नेशनल कार्ड स्विचमा आवद्ध

२३ वैशाख, काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच राष्ट्रिय भुक्तानी सञ्जाल (एनपीएस–एनसीएस) तथा स्वदेशी कार्ड प्रणाली (नेपाल पे कार्ड) को सदस्यता प्राप्त गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत प्रकाश बराल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह…

Read More
Business Gold & Silver 

सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी ५५ रुपैयाँले महंगीयो

२३ वैशाख, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुन चाँदी दुवैको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ५ हजार ३०० र चाँदी ५५ रुपैयाँले महंगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, मंगलबार चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको…

Read More