Automobiles 

नामी र सेरेसले सुरु गरे ‘प्री बजेट ब्याश’ अफर

१९ वैशाख, काठमाडौँ । नेपालको प्रमुख इलेक्ट्रिक गाडी ब्रान्डहरू डोङफेङ र सेरेसले देशभर नै चासोका साथ हेरिएको ‘प्री बजेट ब्याश’ अफर ल्याएका छन् । बैशाख १८ देखि २२ गतेसम्म ग्राहकहरूले स्टाइलिश नामी गाडी मात्र ५ लाख ९९ हजार रुपैयाँमा वा पावरफुल सेरेस ईभी ८ लाख ९९ हजार रुपैयाँमा घर लैजान सक्नेछन् ।

यो अफर नेपालभर रहेका नामी र सेरेस शोरूमहरूमा लागू हुनेछ । अफर अन्तर्गत ग्राहकहरूले नयाँ ईभी गाडी एक्सपिरियन्स गर्न, टेस्ट ड्राइभ गर्न र पुराना गाडी साटफेर गर्ने एक्सचेन्ज क्याम्पमा सहभागी हुन सक्नेछन् । जसले विद्युतीय गाडीमा स्विच गर्न अझ सजिलो बनाउने कम्पनीको भनाइ छ ।

नामीमा ग्राहकहरूले अधिकतम १ लाख रुपैयाँसम्मको विशेष लाभ पाउनेछन् भने सेरेसमा यो लाभ २ लाख रुपैयाँसम्म हुनेछ । दुवै गाडीमा छिटो डेलिभरीको सुविधा पनि उपलब्ध छ, जसअनुसार ग्राहकहरूले गाडीको चाबी केवल दुई वर्किंग डेमै प्राप्त गर्न सक्ने कम्पनीले दाबी गरेको छ ।

यो अनुभवलाई अझ रमाइलो बनाउन अफर अवधिभर टेस्ट ड्राइभ गर्ने हरेक व्यक्तिलाई विशेष उपहार दिइनेछ । त्यस्तै, गाडी बुकिङ गर्ने हरेक ग्राहकले दुई जनाका लागि रोमान्टिक नाइट स्टे प्याकेज जित्ने निश्चित मौका पाउनेछन् ।

अभियानमा दुईवटा रोचक लक्की ड्र पुरस्कार पनि रहेका छन् । गाडी बुकिङ गर्नेमध्ये एक भाग्यमानी जोडीले थाइल्याण्डको ट्रिप जित्नेछन् भने टेस्ट ड्राइभमा सहभागी हुने एकजना भाग्यमानीले बहुप्रतीक्षित आइफोन सिक्सटिन प्रो–म्याक्स पाउनेछन् ।

यो अफर र परिवर्तनको हिस्सा बन्न बैशाख १८ गतेदेखि २२ गतेसम्म आफ्नो नजिकको नामी वा सेरेस शोरूममा भ्रमण गर्न कम्पनीले आग्रह गरेको छ ।

Related posts

Leave a Comment