उच्च मूल्यबाट ६ सय घट्यो सुन

१३ असोज, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

आइतबार भने ६ सय घटेर १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी यस दिन १९४५ रुपैयाँ कायम भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours