Main Headlines 

निवर्तमान गभर्नर अधिकारीकै हस्ताक्षर भएको नयाँ नोट प्रचलनमा

०३ असार, काठमाडौँ । राष्ट्र बैंकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको १० रुपैयाँ दरको नोट प्रचलनमा ल्याएको छ । अधिकारी राष्ट्र बैंकबाट अवकाशमा गएको दुई महिना बढी भइसकेपछि अधिकारीकै हस्ताक्षर भएको नोट प्रचलनमा आएको हो । राष्ट्र बैंकले साविककै आकारमा संकेत नं.द ३२ ०००००१ देखि प ९४. ९९९९९९ सम्मको रु १० को नोट सोमबार देखि प्रचलनमा ल्याएको छ । नोटमा बायातर्फ सगरमाथा र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा कृष्णसारको चित्र रहने बैंकले जनाएको छ । अधिकारी २०८१ चैत २५ गते राष्ट्र बैंकबाट अवकाश भएका…

Read More
Main Headlines Share Market 

सेयर कारोबार साढे ३ महिनाकै उच्च, होटलमा आकर्षण

०२ असार, काठमाडौं । सोमबार सेयर बजारमा करिब साढे ३ महिनायताकै उच्च कारोबार भएको छ । आज कुल १३ अर्ब १८ करोडको कारोबार भयो । यो रकम फागुन १९ यताकै उच्च हो । अघिल्लो दिन जम्मा ११ अर्ब ४४ करोडको कारोबार भएको थियो । कारोबार रकम उल्लेख्य बढे पनि नेप्से परिसूचक भने सुस्ताएको छ । नेप्से परिसूचक जम्मा २.८० अंक बढेको छ । सो वृद्धिपछि २६५८ मा कायम भएको छ । १२४ कम्पनीको मूल्य बढ्दा १२४ कै घट्यो । यस दिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.६९ प्रतिशत बढ्यो…

Read More
Banking Business Main Headlines 

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद थप

२१ जेठ, काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने अवधि एक दिन थप गरिएको छ । बैंकको ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर पाइने ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८\८९’ को निष्काशन जेठ २२ गते बन्द हुने भएको हो । बैंकले जेठ १८ गतेदेखि ऋणपत्रमा आवेदन खुलाएको थियो । कम्पनीले एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात…

Read More
Business Main Headlines 

दोहोरो करको अन्त्य : केन्द्रपछि प्रदेश–स्थानीय तहले कर लिन नपाउने

१५ जेठ, काठमाडौं । अब दोहोरो कर नलाग्ने भएको छ । केन्द्र सरकारले कर लिएपछि प्रदेश वा स्थानीय सरकारले कर लिन नपाउने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै करसम्बन्धी दोहोरो अवस्थाको अन्त्य गर्ने बताएका हुन् । विदेशबाट वस्तु आयात गर्दा वा उत्पादन भएको बस्तुको विक्रीमा केन्द्र सरकार र प्रदेश तथा स्थानीय तहले कर लिदै आएको भनेर विरोध हुदै आएको थियो । केन्द्र सरकारले कर लिएपछि स्थानीय वा प्रदेश सरकारले पुनः कर लिन नपाउने भएको हो ।

Read More
Health Main Headlines 

स्वास्थ्य बिमाको बाँकी रकम एक वर्षभित्र भुक्तानी गरिने

१५ जेठ, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा बजेट बढेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ । गत आवमा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन गरिएको थियो । सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक बजेट पेस गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई रु १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए । उनले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःसंरचना गर्ने बताउँदै कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्वास्थ्य बिमाको दायरा विस्तार गरिने बताए । गत आवमा…

Read More
Business Main Headlines 

नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिइने

१५ जेठ, काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधरणलाई दिइने भएको छ। सरकारको बहुमत सेयर हुनेगरी सेयर पुनसंरचना गरिने भएको हो। बजेट मार्फत सरकारले सार्वजनिक संस्थानको व्यवस्थापन गर्नकोलागि पुनसंरचना, कम्पनीमा रुपान्तरण र रणनीतिक साझेदार भित्राउने नीति अगाडी बढाउने भएको छ। सार्वजनिक नीति साझेदारीमा धौवदी फलाम उत्खनन गरिने भएको छ। हाल सञ्चालन भएको छ।

Read More
Business Main Headlines 

सिक्टा र वृहत दाङ सिञ्चाई आयोजनालाई ८ अर्ब

१५ जेठ, काठमाडौं । सरकारले सिक्टा सिञ्चाई र वृहत दाङ सिञ्चाई परियोजनाका लागि ८ अर्ब रुपैयाँ बजेट घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै सिक्टा सिञ्चाई र वृहत दाङ सिञ्चाई परियोजनाका लागि ८ अर्ब रुपैयाँ बजेट घोषणा गरिएको बताएका हुन् । भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क र पावर हाउस निर्माण कार्य २ वर्ष भित्र सम्पन्न गरिने भएको छ । यसका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ । सिञ्चाई प्रर्णालीको मर्मतमा १ अर्ब ८२ करोड विनियोजन गरिएको…

Read More
Agriculture Business Main Headlines 

आर्थिक सर्वेक्षणः कृषि अनुदानमा रु ११ अर्ब ७६ करोड खर्च

१५ जेठ, काठमाडौं । कृषि अनुदानमा रु ११ अर्ब ७६ करोड खर्च भएको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वर्षको सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुनसम्म अनुदानका लागि विनियोजन गरिएकामध्ये रु ११ अर्ब ७६ करोड बजेट खर्च भएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा पेस गरेकाे आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षका लागि रु ३६ अर्ब १५ करोड विनियोजन गरिएको उल्लेख छ । कृषि अनुदानमा गत आर्थिक वर्ष रु ३६ अर्ब १३ करोड ८० लाख विनियोजन गरिएको थियो । त्यसमध्ये रु २९ अर्ब ३१ करोड…

Read More
Business Main Headlines 

अर्थमन्त्री पौडेलले नेपालमै बनेको ‘ब्रिफकेस’मा बजेट ल्याउँदै

१५ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमै बनेको ब्रिफकेसमा आगामी आर्थिक वर्षको बजेट ल्याउने भएका छन्। अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद्को बैठकमा भाग लिन जाने क्रममा पौडेलले सो ब्रिफकेससहित गएका हुन्। उनले बोकेको ब्रिफकेस नेपालमै अल्लोबाट बनेको हो। आर्थिक वर्ष २०८२/८३ को बजेट मन्त्रिपरिषद्‍ले अनुमोदन गरेपछि अर्थमन्त्रीले ३ बजे दुवै सदनको संयुक्त बैठकमा पेस गर्नेछन्।

Read More
Banking Business Main Headlines 

कुल गार्हस्थ्य उत्पादनमा बागमतीको योगदान ३६.५२ हुँदा कर्णालीको ४.१९ प्रतिशत मात्र, अन्यको कति ?

१३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३४ जना उपनिर्देशकको पदपूर्ति गर्ने भएको छ । खुला प्रतिस्पर्धाको लिखित परीक्षा भई ६४ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । केन्द्रीय बैंकका अनुसार अधिकृत तृतीय श्रेणीमा प्रशासन सेवाको खुला प्रतियोगिता मार्फत नियुक्त कर्मचारी पदपूर्ति गर्न लागेको हो । उक्त प्रतिस्पर्धाको लिखित परीक्षा १८, १९ र २० पुस २०८१ मा भएको थियो । लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारलाई केन्द्रीय बैंकले २४ र २५ जेठमा अन्तर्वार्तामा बोलाइएको केन्द्रीय बैंकले जनाएको छ ।

Read More