Business Gold & Silver 

सुनको भाउ तोलामा १४ सय बढ्यो

११ जेठ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ४ सयमा कारोबार भएको थियो । चाँदीको भाउ स्थिर छ । चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More
Business Gold & Silver 

सुनको भाउ एकैदिन १ हजार १०० रुपैयाँले घट्यो

०९ जेठ, काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । लगातार २ दिनसम्म बढेको सुनको भाउ शुक्रबार भने एकैदिन १ हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो…

Read More
Banking Business 

सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग

०९ जेठ, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एकल महिला र बालबालिकाको अधिकार, न्याय, मानव अधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु हिंसा जस्ता विषयमा सशक्तिकरणका लागि काम गर्दै आएकोे छ । बैकले कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित एकल महिला र बालबालिकाको षेत्रमा काम गरीरहेको संस्था आवाज नेपाललाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करिब ४० जना महिला र बालबालिकाहरू लाई सहयोग गरिरहेकोे सो संस्थालाई बैंकले करिब २ महिना सम्म लाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको हो । संस्थामा…

Read More
Business ipo Share Market 

सान्भि इनर्जीको आइपीओमा आजदेखि आवेदन दिन सकिने

०९ जेठ, काठमाडौँ । सान्भि इनर्जी लिमिटेडको आईपीओमा आजदेखि सर्वसधारणले आवेदन दिन पाउने भएका छन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको थियो । स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँडपश्चात कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । यस अघि कम्पनीले ८ करोड ८० लाख रुपैयाँ बराबरको…

Read More
Business Share Market 

बैंकिङले उचाल्यो सेयर बजार, घट्यो कारोबार

०८ जेठ, काठमाडौं । बिहीबार बैंकिङ सेक्टरले सेयर बजारलाई उचालेको छ । धेरैजसो सेक्टर घटे पनि बैंकिङ सबैभन्दा धेरै ३.८२ प्रतिशत बढेपछि समग्र परिसूचक नेप्से बढेको हो । अघिल्लो दिनको तुलनामा नेप्से १९.०४ अंक बढेको छ । सो वृद्धिपछि २६८८ मा कायम भएको छ । दिउँसो १२ : ४३ बजे नेप्से २७०५ अंकसम्म पुगे पनि अन्ततः २७ सयमाथि टिक्न सकेन । कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ६९ करोडको कारोबार भएकोमा आज ९ अर्ब ८२ करोडमा खुम्चियो । १०४ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने एउटाको…

Read More
Business Share Market 

सुरुमा ह्वात्तै बढेर अन्त्यमा घट्यो सेयर बजार

०७ जेठ, काठमाडौं । राष्ट्र बैंकमा गभर्नर नियुक्ति हुने चर्चाले अघिल्लो दिन सेयर बजार ४९ अंक बढ्यो । नियुक्तिपछि बजारले थप गति लिने धेरै लगानीकर्ताको अनुमान थियो । सुरुवाती कारोबारमा बजारले त्यहीं संकेत देखायो । कारोबार सुरु भएको ३ मिनेटमै बजार अघिल्लो दिनको तुलनामा ९४ अंकसम्म बढ्यो । नेप्से पहिलो सर्किट लेभल ४ प्रतिशत नजिकै पुग्दा बिक्री चाप बढ्यो र सर्किट ब्रेक लाग्न पाएन । ३ मिनेटमै २७७१ अंकसम्म पुगेको बजार बन्द हुँदा भने २६६९ अंकमा झर्‍यो अर्थात् सुरुवाती कारोबारको अंकभन्दा अन्त्यमा १०२ अंकले बजार झर्‍यो । यद्यपि अघिल्लो दिनको…

Read More
Business Gold & Silver 

एकैदिन तोलामा ५ हजार बढ्यो सुन

०७ जेठ, काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि महासंघले सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँमा रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Read More
Business Share Market 

गभर्नर नियुक्ति चर्चाले ४९ अंक बढ्यो सेयर बजार

०६ जेठ, काठमाडौं । आज मंगलबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्ने चर्चापछि सेयर बजार उच्च अंकले बढेको छ । लामो समयसम्म किचलो देखिएको गभर्नर नियक्तिमा प्रमुख सत्ता साझेदार दलहरुबीच सहमति भएसँगै आज सेयर बजार ४९.०९ अंक (१.८६ प्रतिशत) बढ्यो । सो वृद्धिपछि नेप्से परिसूचक २६७७ अंकमा कायम भएको छ । बजारको परिसूचक बढे पनि कारोबार रकम भने घट्यो । अघिल्लो दिन ७ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३१ करोडको भयो । कुल २२९ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने एउटाको…

Read More
Business Gold & Silver 

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ मंगलबारको भाउ

०६ जेठ, काठमाडौँ । मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २१६.८३ अमेरिकी डलर र चाँदी प्रतिऔँस ३२.२१…

Read More
Business Share Market 

६ दिनपछि बढ्यो सेयर बजार, घट्यो कारोबार

०५ जेठ, काठमाडौं । अघिल्लो दिनसम्म लगातार ६ दिन घटेको सेयर बजार सोमबार बढेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १९.३० अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६२८ मा कायम भएको छ । नेप्से बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ८ अर्ब ५० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३५ करोडको भयो । १८५ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने दुईको स्थिर रह्यो । आज होटल तथा पर्यटन सेक्टर १.२४ प्रतिशत घट्यो भने अरु सबै बढे । विकास बैंक समूह सबैभन्दा धेरै १.८८ प्रतिशत…

Read More