Business Share Market 

कारोबारसँगै बढ्यो सेयर बजार

१७ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २९.८२ अंक बढेको छ । राजावादी र गणतन्त्र पक्षधरको प्रदर्शन सकिएसँगै बजारले वृद्धिको लयलाई कायम राखेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २६९३ मा कायम भएको छ । दिउँसो कारोबारका क्रममा १ : ३२ बजे नेप्से २७१८ अंकसम्म पुगेको थियो । त्यसपछि केही बिक्री चाप बढ्न पुग्यो । अघिल्ला दुई दिन लगातार बजार बढेकाले आजको मध्यान्हतिर कतिपयले नाफा बुक गरेका छन् । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५६…

Read More
Business Gold & Silver 

सुनको मूल्य हालसम्मै उच्च विन्दुमा, आइतबारको भाउ कति ?

१७ चैत, काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार पनि ऐतिहासिक मूल्यमा कारोबार भएको सुनको भाउ आज ६०० रुपैयाँले बढेसँगै शुक्रबारको रेकर्ड तोडेको हो । आइतबार छापावाला सुन १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्म कै उच्च हो । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ७६ हजार २ सयमा रुपैयाँमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेको छ । चाँदी १५ रुपैयाँले घटेसँगै आजको लागि चाँदी २…

Read More
Business Share Market 

कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि

१४ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ४१.४३ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६३ मा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भयो । २२७ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो । सबै सेक्टरका सूचक बढेका छन् । व्यापार सेक्टर सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । बैंकिङ ०.९०, विकास बैंक १.१०, फाइनान्स १.३०, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.०९, लगानी २.२०, जीवन बीमा १.७१, उत्पादन…

Read More
Business Gold & Silver 

एकै दिन तोलामा १ हजार ३ सय रुपैयाँले बढ्यो सुनको भाउ

१४ चैत, काठमाडौं । साताको पाचौँ दिन आज (बिहीबार) एकै दिन तोला १ हजार ३ सय रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५ सयमा रुपैयाँमा कारोबार भएको थियो । केही दिन अघि निरन्तर घट्दै गएको सुनको भाउ बुधबार २ सय रुपैयाँले बढेको थियो । त्यसैगरी सुन सँगै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँमा…

Read More
Business Share Market 

६ दिनपछि बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि

११ चैत, काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३०.५२ अंक (१.१६ प्रतिशत) बढेको हो । सो वृद्धिपछि नेप्से २६४५ अंकमामा कायम भएको छ । कारोबार सुरु हुँदा केही गिरावट देखिएको बजार ११ : १९ मा २५९३ अंकसम्म झरेको थियो । त्यसपछि बजारले समातेको बढ्दो गति अन्तिमसम्म कायमै रह्यो । चैत ३ यता कारोबार भएका ६ दिन बजार लगातार घटेको थियो । फागुन १९ गतेबाट ओरालोमा देखिएको बजार २८ गते एक दिन बढेको थियो । बजारको…

Read More
Banking Business 

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

११ चैत, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख ६४ हजार ६१.५८ कित्ता सेयर बिक्री गर्ने भएको हो । सेयरको न्यूनतम बिक्री मूल्य १०० रुपैयाँ तोकिएको छ । यो पटक आम सर्वसाधारणले पनि आवेदन दिन पाउने छन् । बैंकले यसअघि सेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिई आवेदन खुला गरेको थियो । संस्थापक सेयरधनीबाट ३५ दिनमा आवेदन नआएको भन्दै बैंकले उक्त सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो । उक्त संस्थापक सेयरको लागि जो कोही व्यक्ति, संस्था वा कम्पनीले ३५ दिन भित्र बैंकको केन्द्रीय…

Read More
Business Gold & Silver 

सोमबार ६०० सय रुपैयाँले घट्यो सुनको भाउ

११ चैत, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । आइतबार ९०० रुपैयाले घटेको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार एक तोला चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा…

Read More
Business 

वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

११ चैत, पर्सा । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । गत आवको आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा एक अर्ब ६७ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । गत आवको आठ महिनामा एक खर्ब २० अर्ब ५३ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा…

Read More
Business Share Market 

सेयर बजारमा उच्च गिरावट, घटे सबै सेक्टर

१० चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५३.०४ अंक (१.९८ प्रतिशत) घटेको हो । सो गिरावटपछि नेप्से २६१६ अंकमा कायम भएको छ । बजार खुलेदेखि नै निरन्तर ओरालोमा देखियो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३२ करोडको भयो । कुल १३ कम्पनीको मूल्य बढ्दा २३० को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.४७, विकास बैंक २.४२, फाइनान्स २.९९, होटल तथा पर्यटन २.२३,…

Read More
Agriculture Business Society 

तीन अर्ब अठसट्ठी करोड लगानी

०९ चैत्र, काठमाडौँ । कोशी प्रदेशका ८४ अर्थोडक्स चिया उद्योगमा तीन अर्ब ६८ करोड ७४ लाख रुपियाँ लगानी छ । त्यसको ३६.४ प्रतिशत हिस्सा ऋणको छ भने ६३.६ प्रतिशत हिस्सा स्वपुँजी छ । नेपाल राष्ट्र बैङ्कले तयार गरेको ‘कोशी प्रदेशमा उत्पादित अर्थोडक्स चियाले राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदान एवं आन्तरिक र बाह्य बजारमा यसको सम्भावना र चुनौती विशेष अध्ययन प्रतिवेदन २०८०/८१’ अनुसार दुई वटा उद्योगमा मात्रै वैदेशिक लगानी छ । कोशी प्रदेशमा २१ अर्गानिक सर्टिफाइड र ७९ अर्गानिक अनसर्टिफाइड गरी कुल एक सय अर्थाेडक्स चिया प्रशोधन उद्योग सञ्चालनमा छन् । अध्ययन…

Read More