Business Gold & Silver 

चाँदी उच्च मूल्यमा, सुन १ सय घट्यो

२६ जेठ, काठमाडौं । सोमबार चाँदीको भाउ उच्च मूल्यमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन चाँदीको भाउ प्रतितोला २ हजार १ सय ५० रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो । त्यस्तै सोमबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ रहेकोमा आज १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Read More
Business Share Market 

बजार घटे पनि हाइड्रोपावर सेक्टरमा उत्साह

२५ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ११.०६ अंक घटेको छ । योसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो । आजको गिरावटपछि नेप्से परिसूचक २६२९ अंकमा कायम भएको छ । ८६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो । बजार घटे पनि कारोबार रकम बढेको छ । बिहीबार ७ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो । बजारमा अधिकांश सेक्टर घट्दा पनि हाइड्रोपावरमा उत्साह देखिएको छ । आज यो सेक्टर १.२२ प्रतिशत बढ्यो । धेरै मूल्य बढेका ५ कम्पनीमा सबै हाइड्रोपावर परे ।…

Read More
Banking Business 

राष्ट्र बैंकले गर्यो २५ अर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान

२५ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको छ । बैंकले आइतबार सुचना निकालेर बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुँनेगरि निक्षेप संकलनको लागि आह्वान गरेको हो । बैंकले २०८२ जेठ २५ गते मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल हुने जनाएको छ । बैंकका अनुसार घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरि कुल आह्वान रकम सम्म बोलकबोल गर्न सकिने जनाएको छ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा…

Read More
Business Gold & Silver 

सुनको भाउ ३ हजार रुपैयाँले घट्यो, चाँदीमा सामान्य गिरावट

२५ जेठ, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको छ । चाँदीको मूल्यमा भने सामान्य गिरावट अर्थात् ५ रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार चाँदी प्रतितोला २ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा…

Read More
Business Share Market 

नेप्से घटे पनि हाइड्रोपावरमा आकर्षण, बढ्यो कारोबार

२२ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ५.९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६४० अंकमा कायम भएको छ । बजारको अंक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ५ अर्ब १६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९७ करोडको भयो । ९४ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने एउटाको स्थिर रह्यो । धेरैजसो सेक्टरका सूचक घट्दा पनि हाइड्रोपावरमा आकर्षण देखिएको छ । यो सूचक १.१३ प्रतिशत बढ्यो । त्यस्तै लगानी समूह ०.०३ प्रतिशत बढ्यो भने अरु सबै…

Read More
Business Gold & Silver 

तोलामा ५ सय बढ्यो सुन

२२ जेठ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुनेछ । अघिल्लो दिन १ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । एक सातामै सुनको भाउ करिब ६ हजार रुपैयाँ बढेको छ । जेठ १५ गते १ लाख ८७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ स्थिर छ । बिहीबार अघिल्लो दिनकै मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँमा चाँदी कारोबार हुने छ ।

Read More
Banking Business 

फेरी थपियो निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद

२२ जेठ, काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने अवधि एक दिन थप गरिएको छ । बैंकको ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर पाइने ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८्८९’ को निष्काशन जेठ २५ गते बन्द हुने भएको हो । यसअघि एकदिनलई थप गरिएको समय पुनः ३ दिनलाई लम्बिएको हो । बैंकले जेठ १८ गतेदेखि ऋणपत्रमा आवेदन खुलाएको थियो । कम्पनीले एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख…

Read More
Business Share Market 

२६४६ अंकमा झर्‍यो सेयर बजार, ५ अर्बको कारोबार

२१ जेठ, काठमाडौं । बुधबार सेयर बजार ११.९७ अंक घटेको छ । सो अंक घटेसँगै परिसूचक नेप्से २६४६ मा कायम भएको छ । अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ५ अर्ब १६ करोडको भयो । ६६ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने एउटाको स्थिर रह्यो । आज अधिकांश सेक्टरका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ०.९० प्रतिशत घट्यो । बैंकिङ ०.५९, विकास बैंक ०.७१, होटल तथा पर्यटन ०.४७, हाइड्रोपावर ०.३९, लगनी ०.०८, जीवन बीमा ०.४८, माइक्रोफाइनान्स ०.८२, निर्जीवन बीमा…

Read More
Banking Business Main Headlines 

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद थप

२१ जेठ, काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने अवधि एक दिन थप गरिएको छ । बैंकको ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर पाइने ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८\८९’ को निष्काशन जेठ २२ गते बन्द हुने भएको हो । बैंकले जेठ १८ गतेदेखि ऋणपत्रमा आवेदन खुलाएको थियो । कम्पनीले एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात…

Read More
Business Gold & Silver 

सुनको भाउ निरन्तर बढ्दै, बुधबार पनि ५०० रुपैयाँले बढ्यो

२१ जेठ, काठमाडौँ । नेपाली बजारमा सुनको भाउ केही दिनदेखि निरन्तर बढेको छ । बुधबार पनि सुनको भाउ ५०० रुपैयाँको बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुन १ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी तोलामा ३० रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।…

Read More