आइतबार सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
०७ वैशाख, काठमाडौँ । आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर छ । शुक्रबार ८०० रुपैयाले घटेको सुनको मूल्य आइतबार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य शुक्रबारको मूल्यलाई निरन्तरता दिइएको हो । त्यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।…
Read More