Automobiles Business 

नाफामा फर्कियो हुवावे पार्टनर सेरेज ग्रुप : गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृती प्राप्त

०५ जेठ, काठमाडौँ । हुवावे टेक्नोलोजिजसँगको सहकार्यमा विद्युतीय सवारीसाधन निर्माण गर्दै आएको सेरेस ग्रुपले सन् २०२४ मा उत्कृष्ट सवारी बिक्रीका कारण पुनः नाफामा फर्किएको जनाएको छ । साथै, कम्पनीले योजनामा रहेको गिगाफ्याक्ट्री (विशाल उत्पादन कारखाना) खरिदको लागि स्टक एक्सचेन्जबाट स्वीकृति पनि पाएको छ । कम्पनीले सन् २०२४ डिसेम्बर ३१ मा समाप्त आर्थिक वर्षको लागि अनुमानित नाफा ५.५ अर्बदेखि ६ अर्ब चिनियाँ युआन (७५६ मिलियनदेखि ८२५ मिलियन अमेरिकी डलर) रहेको जनाएको छ । यो अघिल्लो वर्षको २.४५ अर्ब चिनियाँ युआन (३३७ मिलियन अमेरिकी डलर) घाटासँग तुलना गर्दा महत्वपूर्ण वित्तीय सुधार हो…

Read More
Business Gold & Silver 

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदी स्थिर

०५ जेठ, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ बढेको छ । सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य आइतबारको मूल्यलाई निरन्तरता दिइएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण…

Read More
Business Share Market 

लगातार छैटौं दिन घट्यो सेयर बजार, पुनर्बीमामा आकर्षण

०४ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २.७९ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६०९ अंकमा कायम भएको छ । आजसहित लगातार छैटौं दिन सेयर बजार घटेको हो । बजारको अंक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५० करोडको भयो । १०० कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने एउटाको स्थिर रह्यो । आज अन्य समूह सबैभन्दा धेरै ४.१९ प्रतिशत बढेको छ । यो समूहमा रहेका दुई कम्पनी नेपाल पुनर्बीमा र…

Read More
Business Gold & Silver 

आइतबार सुनको भाउ घट्यो

०४ जेठ, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ घटेको छ । आइतबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य शुक्रबारको मूल्यलाई निरन्तरता दिइएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण…

Read More
Business Gold & Silver 

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो

०२ जेठ, काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा ३ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो । शुक्रबार चाँदी प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।…

Read More
Business Share Market 

लगातार पाँचौ दिन घट्यो सेयर बजार, होटलमा आकर्षण

०१ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेको छ । परिसूचक नेप्से ८.४१ अंक घटेको हो । सो कमीपछि नेप्से २६११ अंकमा झरेको छ । योसहित लगातार पाँचौ दिन बजार घटेको हो । ८२ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने एउटाको स्थिर रह्यो । अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८ करोडको भयो । यस दिन होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै ४.९१ प्रतिशत बढेको छ । होटल तथा पर्यटन सेक्टरका कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण सन्तोषजनक…

Read More
Business 

सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट

०१ जेठ, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबार सुन तोलामा ३ हजार ५०० रुपैयाँले घटेको हो । चाँदीमा पनि ३५ रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदी प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य…

Read More
Banking Business 

खातामा ‘प्यान’ अद्यावधिक गर्न एन आई सी एशिया बैंकको अनुरोध

०१ जेठ, काठमाडौँ । एनआइसी एसीया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकका खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने हुन्छ । त्यसकारण ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एपमा प्यान अद्यावधिक गर्न बैंकले अनुरोध गरेको हो । साथै आफूलाई पायक पर्ने बैंकको शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने जनाएको छ । बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टिडीइस…

Read More
Business Share Market 

लगातार चौथो दिन घट्यो सेयर बजार

३१ वैशाख, काठमाडौं । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । बुधबार बजारको परिसूचक नेप्से १३.९६ अंक घटेको हो । योसँगै नेप्से २६२० अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७३ करोडको भयो । ६२ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने एउटाको स्थिर रह्यो । दुई पुनर्बीमा कम्पनीको मूल्य उच्च दरमा बढ्दा अन्य समूह सबैभन्दा धेरै २.४६ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक समूह १.१९ प्रतिशत बढ्यो भने अरु सबै समूह घटेका…

Read More
Banking Business 

झनै घट्यो निक्षेपको ब्याजदर, कुन बैंकको कति पुग्यो ?

३१ वैशाख, काठमाडौँ । वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर झनै सस्तो भएको छ । जेठ महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर झनै घटेको हो । जेठ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औषत ५.९५२ प्रतिशत विन्दुमा झरेको छ । गत बैशाखमा यस्तो ब्याजदर ५.९७९५ प्रतिशत विन्दु थियो । बैशाखको तुलनामा जेठमा बैंकहरुको यस्तो ब्याजदर ०.०२७५ प्रतिशत विन्दु घटेको हो । जेठ महिनामा २० वाणिज्य बैंकहरुमध्ये तीन वटा बैंकहरुले ब्याजदर बढाउँदा अरु तीन वटा बैंकले घटाएका छन् । १४ बैंकले भने बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । जेठ…

Read More