पेट्रोलियम पदार्थमा इथानोल मिसाउने तयारी, मन्त्री भन्छन्-‘१ महिना भित्र मूल्य तोक्छौं’
२४ भदाै, काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थमा इथानोल मिसाउने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिसाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत बहस’ कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको बताएका हुन् । उनले सरकारले इथानोल मिश्रणको नियामवली समेत बनिसकेको जानकारी दिएका छन् । ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ,’ मन्त्री भण्डारीले भने, ‘अब मूल्य निर्धारण गर्न बाँकी छ ।…
Read More