Automobiles 

हुन्डाईले तीन वटा मोडलका नयाँ ईभी लन्च गर्दै

०२ कार्तिक, काठमाडौँ । हुन्डाईले ३ वटा नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ । हुन्डाई इन्डियाले आफ्नो लोकप्रिय एसयूभी क्रेटाको इलेक्ट्रिक भेरिएन्ट लन्च गर्ने तयारी गरिरहेको हो । मिडिया रिपोर्टका अनुसार यसको मूल्य १५ लाखदेखि १८ लाख भारुसम्म हुन सक्ने दावी गरिएको छ । लन्च हुने तयारीमा रहेको ४५० किलोमिटर सर्टिफाइड रेन्जको हुन्डाई क्रेटा ईभीमा ४५ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिने सम्भावना रहेको छ । यसको वास्तविक रेन्ज ३५० किलोमिटर हुने अनुमान गरिएको छ । हुन्डाई क्रेटा ईभीमा रहेको इलेक्ट्रिक मोटरले अधिकतम १३८ बीएचपी पावर र २५५…

Read More
Automobiles Corporate Main Headlines 

‘टु ह्विलर्स’को अफरै अफर, केन्यामा जंगल सफारीदेखि १०० वटा हात्ती उपहार !

काठमाडौँँ । यो वर्षको चाडबाडमा नयाँ मोटरसाइकल तथा स्कुटर किन्ने योजनामा हुनुहुन्छ ? विभिन्न टु ह्विलर्स कम्पनीले या वर्षका लागि आकर्षक उपहार योजनासहित चाडबाड अफर ल्याएका छन् । अर्थतन्त्रमा देखिएको सुस्तता तथा केन्द्रीय बैंकले अटो क्षेत्रको कर्जामा गरेको कडाइले व्यवसायीहरूको मनोवल अझै पनि फर्केको छैन । तर, यो वर्षको दसैँ तथा तिहार नजिकिएसँगै व्यापार बढाउन अटो व्यापारीले विभिन्न अफर ल्याएका छन् । विभिन्न २ पांग्रे कम्पनीका नेपालका लागि आधिकारिक बिक्रेताहरूले यो दसैँका लागि नगद छुटदेखि लक्की ड्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुर प्याकेज, १० लाख रुपैयाँसम्मको नगद नै उपहारलगायत योजनाहरू ल्याएका छन्…

Read More
Automobiles International 

जर्मनीको पहिचान ‘फक्सवागन’ : ८७ वर्षको इतिहास, यसरी संकटमा पर्यो विश्वको दोस्रो ठूलो कार कम्पनी

०६ असाेज, एजेन्सी । चम्किलो तथ्यांकले सधैँ सत्य बोल्दैन, जर्मनीको अग्रणी कार कम्पनी यसको पछिल्लो उदाहरण हो । फक्सवागन बिक्रीको हिसाबले टोयोटापछि संसारको दोस्रो ठूलो कार कम्पनी हो । कम्पनीसँग पोर्श, बेन्टले, ल्याम्बोर्गिनी, डुकाटी र अडी जस्ता विशिष्ट ब्रान्डहरू छन् र फक्सवागन, स्कोडा, कप्रा, मान, स्क्यानिया र सिएटजस्ता सेल्स च्याम्पियनहरू छन् । तर सन् २०१५ को डिजेलगेट काण्डपछि यो विशाल जर्मन कार कम्पनी समस्यामा परेको छ । लगभग एकदशक पहिले, अमेरिकी अनुसन्धानकर्ताहरूले फक्सवागन गाडीहरूमा नक्कली उत्सर्जन रिडिङ दिने सफ्टवेयर पत्ता लगाए । यसपछि अमेरिका र जर्मनीमा फक्सवागनविरुद्ध मुद्दा चल्न थाल्यो…

Read More
Automobiles 

चार सहरमा एकैपटक टाटाको ‘पन्च ईभी’ सार्वजनिक

०१ असाेज, काठमाडौं । नेपालका चार सहरमा एकैपटक टाटाको ‘पन्च ईभी’ सार्वजनिक गरिएको छ । कम्पनीका अनुसार चितवन, पोखरा, बुटवल र भैरहवामा एकैसाथ टाटाको पन्च ईभी सार्वजनिक गरिएको हो । धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च ईभी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा सार्वजनिक गरिएको सिप्रदीले जनाएको छ । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष…

Read More
Automobiles 

केई गाडीको ‘टेस्ट ड्राइभ’ कार्यक्रम भोलि र पर्सि

२८ भदाै, काठमाडौं । नेपालकका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एक्सपेरियन्स केई’ टेस्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार २९ भदौमा थापाथली शोरुममा र ३० भदौमा नक्सालस्थित भाटभाटेनी शोरुममा केईको इलेक्ट्रिक एसयूभी एक्स३ प्रो ईभी, इलेक्ट्रिक ह्याचब्याक ई-क्युट ०४ र ई-क्युट ०२ टेस्ट ड्राइभ गर्न सकिनेछ । प्रत्येक टेस्ट ड्राइभमा सहभागीलाई हात खाली नहुने गरी आकर्षक उपहारहरू राखिएको र सहभागीहरूमध्ये एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस्चको मिक्सर ग्राइन्डर प्राप्त गर्ने कम्पनीले जनाएको छ । टेस्ट ड्राइभ कार्यक्रमबारे विस्तृत जानकारी लिन कम्पनीको कार्यालयमा…

Read More
Automobiles Business 

पेट्रोलियम पदार्थमा इथानोल मिसाउने तयारी, मन्त्री भन्छन्-‘१ महिना भित्र मूल्य तोक्छौं’

२४ भदाै, काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थमा इथानोल मिसाउने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिसाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत बहस’ कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको बताएका हुन् । उनले सरकारले इथानोल मिश्रणको नियामवली समेत बनिसकेको जानकारी दिएका छन् । ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ,’ मन्त्री भण्डारीले भने, ‘अब मूल्य निर्धारण गर्न बाँकी छ ।…

Read More
Automobiles 

सिट्रोन सी३ र ईसी३ मा आयो फेस्टिभ अफर

२४ भदौ, काठमाडौं । काठमाडौं सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन सी३ र ईसी३ मा फेस्टिभ अफर ल्याएको छ । चाडपर्बको सिजन नजिकिँदै गर्दा सिट्रोनले आफ्ना ग्राहकलाई अझ सन्तोषजनक र आरामदायी अनुभव प्रदान गर्न नयाँ स्किम ल्याएको हो । पेट्रल कार सी३ खरिद गर्ने ग्राहककले चार वर्षका लागि निशूल्क पेट्रोल, ४ वर्षकै लागि निःशूल्क मर्मत सम्भार, १ वर्षका लाग निशूल्क विमा र १ वर्षका लागि निशूल्क सडक करको सुबिधा पाउनेछन् । यो कार खरिदमा ग्राहकले ७ लाख ४० हजार डाउनपमेन्ट गरे पुग्छ । यसैगरी, विद्युतिय कार ईसी३…

Read More
Automobiles Business 

नेपाल नआउँदै २५ युनिट बुकिङ भएको थियो एमटी ४५० बाइक, दोस्रो लटको बुकिङ खुला

२० भदाै, काठमाडौँ । नेपाल नआउँदै सीएफ मोटोको एमटी ४५० बाइक २५ युनिट बुकिङ भएको बताइएको छ । हालै सम्पन्न नाडा अटो शोमा प्रिमियम टु ह्विलर ब्रान्ड सीएफ मोटोको एमटी ४५० र सोही कम्पनीअन्तर्गतको इलेक्ट्रिक स्कुटर जिहोको एई ४ लन्च भएको थियो । नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले लन्च गरेको नयाँ स्कुटर एबीएस र नन् एबीएस भर्सनमा उपलब्ध छन् । यी दुईवटै बाइकमा दर्शकको आकर्षण निकै राम्रो रहेको ऋषि ट्रेड सेन्टरका महाप्रबन्धक उज्ज्वल जोशीले बताएका छन् । जोशीका अनुसार एमटी ४५० मोटरसाइकल ५ महिनाअघि मात्र फिलिपिन्समा पहिलोपटक लन्च…

Read More
Automobiles 

२१० एमएम ग्राउन्ड क्लियरेन्स भएको नयाँ ईभी ‘एलईभी ०१’ नेपाली बजारमा, ५०० किमि रेन्ज दिने

२० भदाै, काठमाडौं । चीनको अटो पार्ट्स उत्पादक साङ्घाई लन्चको सहायक कम्पनी एलएस अटोको नयाँ विद्युतीय सवारी ‘एलईभी ०१’ नेपाली बजारमा आएको छ । नेपालका लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले यो गाडी नेपाल भित्र्याएको हो । ‘एलईभी ०१’​ को सुरुवाती मूल्य नेपाली बजारमा ६१ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यसलाई कम्पनीले एसई र सीई भेरियन्टमा सार्वजनिक गरेको छ । कारमा ९९ किलोवाट क्षमताको मोटर र ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिन्छ । कम्पनीले दुवै भेटियन्टमा समान क्षमताको मोटर र ब्याट्री उपलब्ध गराएको छ ।…

Read More
Automobiles 

नेपालमा सार्वजनिक भयो प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’

२० भदाै, काठमाडाैं । नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभि ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । ह्यात रिजेन्सी काठमाडौँमा भव्य समारोहबिच कम्पनीले जिकर ब्रान्ड सार्वजनिक गरेकाे हाे । चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो जुन अत्याधुनिक प्रविधि र ग्राहक–केन्द्रित दृष्टिकोणका साथ मोबिलिटि तथा यातायात क्षेत्रको नेतृत्व गर्न तत्पर छ । यसै साता ह्यात रिजेन्सि काठमाडौंमा एक समारोहबीच जिकर ब्रान्ड सार्वजनिक गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एसियाका रिजनल डिरेक्टर…

Read More