Business Gold & Silver 

एकैदिन १६ सय रुपैयाँले घट्यो सुनको भाउ

१४ जेठ, काठमाडौँ । बुधबार सुनको भाउ १६ सय रुपैयाँले घटेको छ । मंगलबार २०० रुपैयाँले घटेको सुनको मूल्य आज तोलाकै १६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको…

Read More
Business Share Market 

सेयर बजार २६७५ अंकमा, घट्यो कारोबार

१३ जेठ, काठमाडौं । बजेटले पूँजीगत लाभकर बढाउने चर्चापछि अघिल्लो दिन ५ अंक घटेको सेयर बजार मंगलबार झिनो अंकमा बढेको छ । आज नेप्से जम्मा ०.८५ अंक बढेको हो । सो वृद्धिपछि २६७५.६२ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५२ करोडको भयो । कुल ८५ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.६६ प्रतिशत बढ्यो । बैंकिङ ०.४०, हाइड्रोपावर ०.१४, उत्पादन ०.२९ तथा व्यापार समूह ०.९५ प्रतिशत बढे । फाइनान्स…

Read More
Banking Business Main Headlines 

कुल गार्हस्थ्य उत्पादनमा बागमतीको योगदान ३६.५२ हुँदा कर्णालीको ४.१९ प्रतिशत मात्र, अन्यको कति ?

१३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३४ जना उपनिर्देशकको पदपूर्ति गर्ने भएको छ । खुला प्रतिस्पर्धाको लिखित परीक्षा भई ६४ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । केन्द्रीय बैंकका अनुसार अधिकृत तृतीय श्रेणीमा प्रशासन सेवाको खुला प्रतियोगिता मार्फत नियुक्त कर्मचारी पदपूर्ति गर्न लागेको हो । उक्त प्रतिस्पर्धाको लिखित परीक्षा १८, १९ र २० पुस २०८१ मा भएको थियो । लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारलाई केन्द्रीय बैंकले २४ र २५ जेठमा अन्तर्वार्तामा बोलाइएको केन्द्रीय बैंकले जनाएको छ ।

Read More
Business Gold & Silver 

सुनचाँदी दुबैको भाउमा गिरावट

१३ जेठ, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउमा सामान्य गिरावट आएको छ । मंगलबार सुन तोलामा २०० रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको…

Read More
Banking Business 

घट्यो सेयर बजार, अनुकूल नीतिले किन पारेन प्रभाव ?

१२ जेठ, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५.२१ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६७४ मा कायम भएको छ । अघिल्लो दिन मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले सबै किसिमका सेयर कर्जाको जोखिमभार १२५ प्रतिशतबाट १०० मा झारेको छ । यो नीति बजार अनुकूल रहे पनि लगानीकर्ताको मनोबल भने बढ्न सकेन । मुख्यतः बजेट घोषणा हुने दिन नजिकिँदै गर्दा लगानीकर्ता पूँजीगत लाभकरप्रति सशंकित भएका छन् । बजेटमार्फत पूँजीगत लाभकर बढ्न सक्ने अनुमान छ । यसले गर्दा बजारले गति लिन सकिरहेको छैन ।…

Read More
Business Gold & Silver 

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

१२ जेठ, काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबार सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य आइतबारको मूल्यलाई निरन्तरता दिइएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ…

Read More
Business Share Market 

सेयर बजार घट्दा पनि माइक्रोफाइनान्समा आकर्षण

११ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ८.५७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६७९ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६० करोडमा सीमित भयो । ९९ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने एउटाको स्थिर नै रह्यो । माइक्रोफाइनान्स सेक्टरमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । आज सो सेक्टर २.३२ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह ०.१३ प्रतिशत बढ्यो । यी दुईबाहेक सबै सेक्टर घटे । बैंकिङ…

Read More
Banking Business 

वित्तीय प्रणालीमा अधिक तरलता हुँदा विकास ऋणपत्र ल्याइने

कार्ययोजनामा राजस्व र खर्चबीच अन्तर पूरा गर्नमात्र छोटो अवधिका ट्रेजरी बिल जारी गर्न अर्थ मन्त्रालय र केन्द्रीय बैंकलाई निर्देशन दिइएको छ । ११ जेठ, काठमाडौं । सरकारले बैंकिङ प्रणालीमा अधिक तरलता भएको समयमा विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले दीर्घकालीन प्रकृतिका परियोजनाका लागि वित्तीय प्रणालीको अधिक तरलता प्रयोग गर्ने भएको हो । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न बनाएको कार्ययोजना अनुसार आगामी एक वर्षभित्र दीर्घकालीन आयोजना छनोट गरेर विकास ऋणपत्र जारी गर्ने भएको हो । त्यसका लागि आवश्यक कामको जिम्मेवारी सम्बन्धित निकायका रूपमा अर्थ मन्त्रालयलाई…

Read More
Banking Business 

प्रभु बैंक र इला कम्फर्ट होटल बीच विशेष छुट सम्झौता

११ जेठ, काठमाडौँ । प्रभु बैंक र बाग्लुङ नपरपालिका–२ स्थित इला कम्र्फट होटल एण्ड रिर्साेट बीच व्यवसायिक साझेदारीको लागि १२ गते एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बीच इला कम्फर्ट होटल का तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंक लिमिटेडका तर्फबाट, बैंकका प्रमुख क्षेत्रिय व्यापार अधिकृत राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा…

Read More
Main Headlines 

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र नेपालमा मोबिलिटीको नयाँ परिभाषा स्थापित गर्दै

११ जेठ, काठमाडौँ । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो विशेष मोडेलमार्फत गतिशीलताको धारणा नै फेरिदिएको छ । इनड्राइभ ‘ आफ्नो यात्राको भाडा आफैं तय गर्नुहोस् र मनपर्ने चालक छान्नुहोस्’ मोडेलमा अग्रणी सेवाप्रदायक हो । यस ग्राहकमैत्री मोडेलले यात्रुहरूलाई आफूले चाहेको यात्राको मूल्य प्रस्ताव गर्ने, उपलब्ध चालकहरू मध्यबाट छनोट गर्ने र सवारी साधनको प्रकार चयन गर्ने स्वतन्त्रता दिन्छ । यो सेवा परम्परागत सवारी साधन बुकिङ प्लेटफर्महरू भन्दा पूर्ण रूपमा भिन्न छ, जहाँ मूल्य निर्धारण स्वचालित एआई मोडेल र एल्गोरिदमहरूद्वारा तय हुन्छ । इनड्राइभले यात्रु र चालक दुवैलाई…

Read More