Business Share Market 

२८ अंकसम्म बढेको नेप्से बन्द हुँदा किन घट्यो ?

१० असार, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक मंगलबार समान्य अंकले घटेको छ । कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से सूचक अन्तिम समयमा घटेको हो । मंगलबार नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार करिब ४ अंकले बढेको नेप्से मंगलबार अधिकांश समय सकारात्मक नै देखियो । तर, कारोबारको अन्तिम समयमा ०.२२ अंकले घटेको हो । सोमबार उत्कर्षमा पुगेको अमेरिका, इजरायल र इरान युद्धको असर नेपाली जनजीवनमा पनि पर्ने त्रासका कारण लगानीकताको मनोबल कमजोर भएको हो । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पर्खाइमा बसेका सेयर…

Read More
Banking Business 

चालु पूँजी कर्जामा राष्ट्र बैंक लचक, निर्देशित कर्जाको अवधि लम्बियो

१० असार, काठमाडौं । नेपाल राष्ट्र बैंक चालु पूँजी कर्जा र निर्देशित कर्जामा लचक भएको छ । अर्थतन्त्र चलायमान हुने अपेक्षामा केन्द्रीय बैंकले दुवै पक्षलाई सहज गरेको हो । पछिल्लो समयमा केन्द्रीय बैकले कर्जामा कडाइ गरेका कारण अर्थतन्त्रले गति लिन नसकेको आरोप लाग्दै आएको थियो । तर, नवनियुक्त गभर्नर प्रा.डा.विश्वनाथ पौडेल कर्जा सम्बन्धी व्यवस्थाहरुमा लचिलो बनेका हुन् । केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनको प्रभावकारी कार्यान्वयन २०८४ असार मसान्तसम्म सारेको छ । लागु भएको मिति २०७९/०७/०१ पूर्व प्रवाह भएका चालु पूँजी कर्जा तोकिएको सीमा भन्दा धेरै…

Read More
Business Gold & Silver 

सुनको भाउ १७ सय रुपैयाँले घट्यो, चाँदीमा सामान्य गिरावट

१० असार, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । मंगलबार सुन तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो । मंगलबार चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, मंगलबार चाँदी प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार १७० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको…

Read More
Business Share Market 

सेयर बजार ४ अंक बढ्यो, २ जलविद्युत् कम्पनीमा सकारात्मक सर्किट

०९ असार, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार ४ अंकको सुधार आएको छ । गत साता मंगलबारदेखि निरन्तर घटेको नेप्से सोमबार बढेको हो । सोमबार नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने कमी आएको छ । कारोबार सुरु हुँदा २५९५.९७ अंकमा रहेको नेप्से बन्द हुँदा ४.७८ अंकले बढेर २६००.७६ अंकमा पुगेको छ । सोमबार नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । सोमबार जोशी हाइड्रो कम्पनी र पञ्चकन्या माई हाइड्रो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । तर, गुँरास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ…

Read More
Business Share Market 

प्रभु इन्स्योरेन्सले १८ प्रतिशतका दरले बोनस दिने

०९ असार, काठमाडौँ । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । असार ८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा बोनस शेयर वितरण गरिनेछ ।

Read More
Business Gold & Silver 

सोमबार सुनचाँदीको भाउ कति ?

०९ असार, काठमाडौं। साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको भाउ १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ सोमबार स्थिर बनेको हो । आइतबार ५०० रुपैयाँले बढेर १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि सोही भाउमा कारोबार भइरहेको छ । त्यसैगरी, सोमबार चाँदी तोलामा १० रुपैयाँले बढेर २ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने…

Read More
Business Gold & Silver 

सुनचाँदीको भाउ घट्न थाल्यो

०६ असार, काठमाडौँ । सुनचाँदीको भाउ लगातार दोस्रो दिन गिरावट आएको छ । शुक्रबार सुन तोलामा ८०० रुपैयाँ तथा चाँदी तोलामा ५० रुपैयाँले घटेको हो । बिहीबारदेखि सुनचाँदीकोे भाउमा गिरावट आएको हो । बिहीबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार…

Read More
Share Market 

नेसनल लाइफको लाभांश पारित

०५ असार, काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद र पाँच प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको राजधानीमा सम्पन्न ३७ औँ वार्षिक साधारण सभाले उक्त लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ मा व्यवसाय सन्तोषनजनक रहेको बताइएको छ । कम्पनीको कुल बिमा शुल्क २१.९० प्रतिशतले वृद्धि भई २०४९.१२ करोड पुगेको जनाइएको छ । समीक्षा वर्षको सञ्चालनबाट जम्मा १३६८.१८ करोड रुपियाँ खुद थप रकम कुल बिमा करार दायित्वमा सारिएको छ र कुल बिमा करार दायित्व गत वर्षको…

Read More
Business 

आकाशियो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको भाउ कति पुग्यो ?

०५ असार, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरलगायतका विदेशी मुद्राको भाउ आकाशिएको छ । अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएकोमा आज बढेर खरिदमा १३८ रुपैयाँ ४६ पैसा र बिक्रीमा १३९ रुपैयाँ ०६ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८५ पैसा, स्विस फ्र्याङ्क एकको…

Read More
Business Share Market 

सेयर बजारमा कारोबार रकम बढ्यो, घट्यो नेप्से

०४ असार, काठमाडौं । बुधबार सेयर बजारमा कारोबार रकम बढे पनि नेप्से झिनो अंक १.०७ ले घटेको छ । सो अंकको कमीपछि नेप्से २६५३ अंकमा कायम भएको छ । कारोबार रकम १८ प्रतिशत बढेको छ । अघिल्लो दिन ७ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ८ करोडको भयो । ८८ कम्पनीको मूल्य बढ्यो भने १५९ को घट्यो, एउटाको स्थिर रह्यो । समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । हाइड्रोपावर ०.७४, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.३७ र अन्य समूह ०.१९ प्रतिशत बढे । बैंकिङ ०.१२, विकास बैंक…

Read More