Business Gold & Silver 

चाँदी उच्च मूल्यमा, सुन १ सय घट्यो

२६ जेठ, काठमाडौं । सोमबार चाँदीको भाउ उच्च मूल्यमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन चाँदीको भाउ प्रतितोला २ हजार १ सय ५० रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो । त्यस्तै सोमबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ रहेकोमा आज १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Read More
Business Share Market 

बजार घटे पनि हाइड्रोपावर सेक्टरमा उत्साह

२५ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ११.०६ अंक घटेको छ । योसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो । आजको गिरावटपछि नेप्से परिसूचक २६२९ अंकमा कायम भएको छ । ८६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो । बजार घटे पनि कारोबार रकम बढेको छ । बिहीबार ७ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो । बजारमा अधिकांश सेक्टर घट्दा पनि हाइड्रोपावरमा उत्साह देखिएको छ । आज यो सेक्टर १.२२ प्रतिशत बढ्यो । धेरै मूल्य बढेका ५ कम्पनीमा सबै हाइड्रोपावर परे ।…

Read More
Banking Business 

राष्ट्र बैंकले गर्यो २५ अर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान

२५ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको छ । बैंकले आइतबार सुचना निकालेर बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुँनेगरि निक्षेप संकलनको लागि आह्वान गरेको हो । बैंकले २०८२ जेठ २५ गते मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल हुने जनाएको छ । बैंकका अनुसार घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरि कुल आह्वान रकम सम्म बोलकबोल गर्न सकिने जनाएको छ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा…

Read More
Business Gold & Silver 

सुनको भाउ ३ हजार रुपैयाँले घट्यो, चाँदीमा सामान्य गिरावट

२५ जेठ, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको छ । चाँदीको मूल्यमा भने सामान्य गिरावट अर्थात् ५ रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार चाँदी प्रतितोला २ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा…

Read More
Business Share Market 

नेप्से घटे पनि हाइड्रोपावरमा आकर्षण, बढ्यो कारोबार

२२ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ५.९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६४० अंकमा कायम भएको छ । बजारको अंक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ५ अर्ब १६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९७ करोडको भयो । ९४ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने एउटाको स्थिर रह्यो । धेरैजसो सेक्टरका सूचक घट्दा पनि हाइड्रोपावरमा आकर्षण देखिएको छ । यो सूचक १.१३ प्रतिशत बढ्यो । त्यस्तै लगानी समूह ०.०३ प्रतिशत बढ्यो भने अरु सबै…

Read More
Banking 

नबिल बैंकले पायो ‘द बैंकर्स टेक्नोलोजी’ अवार्ड

२२ जेठ, काठमाडौं । नबिल बैंकलाई एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएको छ । बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ । विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड नबिल बैंकले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहकको अनुभवमा ल्याएको डिजिटल क्रान्तिमा गरेको कामको मूल्यांकनका आधारमा प्रदान गरिएको नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए । ‘यो अवार्डले बैंकको सेवालाई अझ प्रविधिमैत्री तथा ग्राहकमैत्री बनाउन प्रोत्साहन मिलेको छ,’ उनले भने, ‘नबिलले बैंकिङ…

Read More
Banking 

कमलादीमा ग्लोबल आईएमई बैंकको ईभी चार्जिङ स्टेसन

२२ जेठ, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा विद्युतीय सवारी साधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेसन स्थापना गरेको हो । बिहीबार आयोजित एक कार्यक्रमबीच बैंकका सञ्चालक कृष्णप्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्त रूपम चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन् । गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सीसीटू सिंगल गनको ४० किलोवाट क्षमता रहेको छ । चार्जिङ स्टेसनमा बैंकमा सेवा लिन आउने…

Read More
Business Gold & Silver 

तोलामा ५ सय बढ्यो सुन

२२ जेठ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुनेछ । अघिल्लो दिन १ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । एक सातामै सुनको भाउ करिब ६ हजार रुपैयाँ बढेको छ । जेठ १५ गते १ लाख ८७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ स्थिर छ । बिहीबार अघिल्लो दिनकै मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँमा चाँदी कारोबार हुने छ ।

Read More
Banking Business 

फेरी थपियो निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद

२२ जेठ, काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने अवधि एक दिन थप गरिएको छ । बैंकको ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर पाइने ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८्८९’ को निष्काशन जेठ २५ गते बन्द हुने भएको हो । यसअघि एकदिनलई थप गरिएको समय पुनः ३ दिनलाई लम्बिएको हो । बैंकले जेठ १८ गतेदेखि ऋणपत्रमा आवेदन खुलाएको थियो । कम्पनीले एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख…

Read More
Business Share Market 

२६४६ अंकमा झर्‍यो सेयर बजार, ५ अर्बको कारोबार

२१ जेठ, काठमाडौं । बुधबार सेयर बजार ११.९७ अंक घटेको छ । सो अंक घटेसँगै परिसूचक नेप्से २६४६ मा कायम भएको छ । अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ५ अर्ब १६ करोडको भयो । ६६ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने एउटाको स्थिर रह्यो । आज अधिकांश सेक्टरका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ०.९० प्रतिशत घट्यो । बैंकिङ ०.५९, विकास बैंक ०.७१, होटल तथा पर्यटन ०.४७, हाइड्रोपावर ०.३९, लगनी ०.०८, जीवन बीमा ०.४८, माइक्रोफाइनान्स ०.८२, निर्जीवन बीमा…

Read More