Business Share Market 

२०८२ को पहिलो कारोबार दिन बढ्यो सेयर बजार

०२ वैशाख, काठमाडौं । वर्ष २०८२ को पहिलो कारोबार दिन सेयर बजारको परिसूचक नेप्से २७.१४ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६८९ अंकमा कायम भएको छ । कारोबारकै क्रममा दिउँसो १ : ५४ बजे नेप्से २७०४ अंकसम्म पुगेको थियो, जुन आजको लागि अधिकतम अंक रह्यो । बजारको परिसूचक मात्रै बढेको छैन, कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । यसअघि आइतबार ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो । २१२ कम्पनीको मूल्य बढ्दा ३४ को घट्यो । विकास बैंक र लगानी सेक्टरमा…

Read More
Banking Business 

५ रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा, हस्ताक्षर महाप्रसाद अधिकारीको

०२ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले नयाँ ५ रुपैयाँ दरको नोट मंगलबारदेखि चलनचल्तीमा ल्याएको छ। एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले पुरानै साइज र रङमा नयाँ नोट जारी गरिएको जानकारी गराएको हो। यो नयाँ नोटमा २०७९ सालको २२ चैतमा पदबाट बिदा भएका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ। “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५ तुरुन्त पाइने छ,” भन्ने प्रतिज्ञात्मक वाक्य समेत नोटमा उल्लेख छ । यो नोट २०८२ सालको २ वैशाखदेखि प्रचलनमा आएको हो । नोटको अगाडिको भागमा बाँया पट्टि सगरमाथाको तस्बिर…

Read More
Business Gold & Silver 

सुनको भाउमा गिरावट

०२ वैशाख, काठमाडौँ । मंगलबार सुनको भाउमा गिरावट आएको छ । गत बिहीबारदेखि लगातार रेकर्ड बनाएको सुनको भाउ मंगलबार भने घटेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ हजार ७०० रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार १ तोला चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा…

Read More
Business Share Market 

घट्यो नेप्से, बढ्यो कारोबार

३१ चैत, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ८.६२ अंक घटेको छ । यो अंकको कमीपछि नेप्से २६६२.०८ मा कायम भएको छ । ‘क’ वर्गका कम्पनीहरूको सूचक सेन्सिटिभ इन्डेक्स ०.०९ प्रतिशत बढेको छ । कारोबार रकम पनि बढेको छ । आज आइतबार ६ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ३१ लाख ८९ हजार ३ सय २८ कित्ता सेयर किनबेच भएको छ । गत बिहीबार ५ अर्ब ६३ करोडको कारोबार भएको थियो । बुधबार भने ४ अर्ब ४४ करोडको कारोबार भएको थियो । आज आइतबार…

Read More
Banking Business 

मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्दै राष्ट्र बैंक

३१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ९७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको ९७ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गरिने छ । वाणिज्य बैंकमा ७७ करोड ६० लाख, विकास बैंकमा १४ करोड…

Read More
Business Gold & Silver 

सुनको मूल्य निरन्तर बढ्दो, एक तोलाको एक लाख ८६ हजार पर्ने

३१ चैत, काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक तोला सुनको मूल्य एक लाख ८६ हजार रुपैयाँ कायम भएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक हजार रुपैयाँ बढेको हो । आज प्रतितोला चाँदीमा ५५ रुपैयाँ वृद्धि भएको छ । आज एक तोला चाँदी एक हजार ९६० रुपैयाँमा खरिदबिक्री हुनेछ ।

Read More
Banking Main Headlines 

सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताललाई सहयोग प्रदान

२९ चैत, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हिमालय आँखा अस्पताललाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश कास्की जिल्ला, पोखरा घारीपाटनको हिमालय आँखा अस्पताललाई १० वेटिंग चेयर ‘कुर्सी’ सहयोग प्रदान गरेकोे छ । अस्पतालमा आयोजित समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सामाग्रीहरु हस्तान्तरण गरेको हो । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको सहयोगले अस्पतालमा आउने बिरामीहरू साथै आगन्तुकहरूको बसाइलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे । स्वास्थ्य क्षेत्रको लागि सहयोग प्रदान गर्न पाँउदा हर्षित भएको…

Read More
Business Gold & Silver 

सुनको भाउ हालसम्मै उच्च विन्दुमा

२९ चैत, काठमाडौं । शुक्रबार एकै दिन सुनको भाउ तोलामा ३ हजार ९०० रुपैयाँले बढेको छ । यससँगै सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी शुक्रबार चाँदीको मूल्य सामान्य बढेको छ । चाँदि प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार ९०५ रुपैयाँ कायम भएको छ । बिहीबार १ तोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार…

Read More
Business Share Market 

सेयर बजार २६७० अंकमा, बढ्यो कारोबार

२८ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ५.५७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६७० मा कायम भएको छ । दिनभर कारोबारका क्रममा नेप्से अधिकतम २६८७ अंकसम्म पुगेको थियो । कारोबार सुरु भएको १२ मिनेटमै सो अंक समातेको बजार माथि टिक्न सकेन । क वर्गका कम्पनीहरूको सूचक सेन्सिटिभ इन्डेक्स ०.०४ प्रतिशत घट्यो । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६३ करोडको भयो । ११३ कम्पनीको मूल्य बढ्दा १३१ को घट्यो भने एउटाको स्थिर नै…

Read More
Banking Business 

बैशाखमा कता जाला बैंक ब्याजदर ?

२८ चैत, काठमाडौँ । बैशाख महिनामा ब्याजदर स्थिर हुने देखिएको छ । बैंकरहरूले बैंक ब्याजदर घटाउने वा बढाउने दुवै अवस्था नरहेको बताउँदै बैशाखमा स्थिर रहने जनाएका छन् । मसान्तका दिन बैंकहरूले नयाँ महिनाका लागि ब्याजदर प्रकाशित गर्दै आएका छन् । जसअनुसार शुक्रबार बैंकहरूले आगामी महिनाका लागि ब्याजदर प्रकाशित गर्नेछन् । सो ब्याजदर अहिले धेरै बैंकहरूको यथावत नै रहेको बैंकरहरूको भनाइ छ । पछिल्ला केही महिना यता ब्याजदर न्यूनतम विन्दुमा छ । जसकारण उनीहरूले ब्याजदर थप घटाउन सक्दैनन् । यसर्थ वैशाखमा पनि बैंकहरूको ब्याजदर स्थिर रहने उनीहरूको भनाइ छ । कर्जा…

Read More