पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

३१ साउन, काठमाडाैँ । नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा.लि.ले पश्चिमी क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुत बनाउँदै पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ।

यससँगै गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ सार्वजनिक गरिएको छ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा अटोमोबाइल क्षेत्रका प्रमुख सरोकारवाला, सञ्चारकर्मी तथा बीवाईडीका प्रशंसकहरूको उपस्थिति रहेको थियो।

बुद्धचोकस्थित नयाँ शोरूमलाई बीवाईडीको अद्यावधिक कर्पोरेट र भिजुअल आइडेन्टिटी मापदण्ड अनुसार निर्माण गरिएको छ। १२,८४५ वर्ग फिट क्षेत्रमा फैलिएको यस थ्रीएस (सेल्स, सर्भिस, स्पेयर) सुविधा सम्पन्न शोरूमले ग्राहकलाई एकै स्थानमा सम्पूर्ण सेवा उपलब्ध गराउनेछ। शोरूम पछाडि निर्माणाधीन अत्याधुनिक सर्भिस सेन्टरले बिक्रीपछिको सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउनेछ, जुन बीवाईडीको विश्वस्तरको सेवा उत्कृष्टता मापदण्डसँग मेल खानेछ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले पोखरालाई कम्पनीको दीर्घकालीन व्यापार नीतिको प्रमुख बजार भएको बताउँदै भने, “नयाँ शोरूम र प्रिमियम गुणस्तरका उत्पादनहरूको सुरुवातमार्फत हामी उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता पुनःदोहोर्याएका छौं। बीवाईडी सिलायन ७ हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायातको रूपान्तरणलाई अगाडि बढाउने मिशनको प्रतिनिधित्व गर्दछ।”

पोखरास्थित बीवाईडी सर्भिसका सम्पूर्ण कर्मचारीले बीवाईडी हेडक्वाटरका प्रशिक्षकबाट तालिम प्राप्त गरी आधिकारिक प्रमाणपत्र हासिल गरिसकेका छन्, जसले ग्राहकलाई उच्चस्तरीय सेवा सुनिश्चित गर्नेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours