International 

ट्रम्पको ट्यारिफ धम्कीपछि ईयूले दियो यस्तो चेतावनी

३१ असार, ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० प्रतिशत ट्यारिफ (अतिरिक्त भन्सार मसहुल) लगाउने धम्की दिएपछि युरोपेली संघ (ईयू)ले प्रतिरोधात्मक कारबाही गर्ने विचार गरिरहेको छ । ईयूका व्यापार मन्त्रीहरूले सोमबार ब्रसेल्समा बैठक बसेका थिए ।

यसमा सबैले अमेरिकाले ईयूबाट आउने सामानमा लगाएको ३० प्रतिशत ट्यारिफ अस्वीकार्य भएको बताए । उच्च ट्यारिफले सरकार, कम्पनीहरू, उपभोक्ताहरूमा प्रतिकूल प्रभाव पार्न सक्ने सबैको भनाइ थियो । 

ईयू अमेरिकाको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो । यो विश्वको सबैभन्दा ठुलो व्यापारिक समूह पनि हो । ईयूका व्यापार प्रतिनिधि मारोस सेफकोभिकले ट्यारिफ मुद्दामा अमेरिकासँग वार्ता गरिरहेका छन् । अमेरिकाले मेक्सिकोमाथि पनि ट्यारिफ लगाएको छ । यो अगस्ट १ देखि लागू हुँदैछ । 

यो ट्यारिफ लाग भयो भने फ्रान्सेली चीज, इटालियन छालाका उत्पादनहरू, जर्मन इलेक्ट्रोनिक्स र स्पेनी औषधिहरू अमेरिकामा महँगो हुनेछ । 

यसले पोर्चुगल र नर्वेको अर्थतन्त्रलाई पनि असर गर्न सक्छ । यसको जवाफमा ब्रसेल्सले पनि अमेरिकी सामानहरूमा कर लगाउने घोषणा गरेको थियो । यो ट्यारिफ सोमबारबाट लागू हुँदै थियो । तर अहिलेको लागि यो स्थगित गरिएको छ । 

Related posts

Leave a Comment