सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो, चाँदी भने बढ्यो
३० वैशाख, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य २ हजार रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधार सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २५२.०९ अमेरिकी डलर र ३३.०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।