Agriculture Business Society 

दुध उत्पादक किसानले आज डीडीसी कार्यालयमा धर्ना दिने

१५ भदाै, काठमाडौँ । दुध उत्पादक किसानहरूले भुक्तानी नपाएको भन्दै आज काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी)को कार्यालयमा धर्ना दिने भएका छन् । अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा भेषराज अधिकारीका अनुसार आज मध्याह्न १२ बजे दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिने तयारी छ । दुधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएपछि किसानहरू आन्दोलनमा उत्रिने भएका हुन् । धर्ना कार्यक्रम करिब एक घण्टा चल्ने बताइएको छ ।

Read More
Banking Main Headlines Society 

राष्ट्र बैंकले दसैँमा नयाँ नोट नदिने, सुकिला नोट कहिलेदेखि ?

१५ भदाै, काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपटक पनि दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । यद्यपि बैंकले सुकिला नोट साट्ने व्यवस्था मिलाउने भएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने जनाएको हो । भदौ २९ देखि असोज १० गतेसम्म कार्यालय समयमा सुकिला नोट सहटी गर्न सकिने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

Read More
Business 

आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

१५ भदाै, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३…

Read More