Automobiles Business 

पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

३१ साउन, काठमाडाैँ । नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा.लि.ले पश्चिमी क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुत बनाउँदै पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ। यससँगै गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ सार्वजनिक गरिएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा अटोमोबाइल क्षेत्रका प्रमुख सरोकारवाला, सञ्चारकर्मी तथा बीवाईडीका प्रशंसकहरूको उपस्थिति रहेको थियो। बुद्धचोकस्थित नयाँ शोरूमलाई बीवाईडीको अद्यावधिक कर्पोरेट र भिजुअल आइडेन्टिटी मापदण्ड अनुसार निर्माण गरिएको छ। १२,८४५ वर्ग फिट क्षेत्रमा फैलिएको यस थ्रीएस (सेल्स, सर्भिस, स्पेयर) सुविधा सम्पन्न शोरूमले…

Read More
Business 

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

३१ साउन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ७९ पैसा र बिक्री दर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिद दर १६३ रुपैयाँ ३९ पैसा र बिक्री दर १६४ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १८९ रुपैयाँ ५७ पैसा र बिक्री दर १९० रुपैयाँ ३८ पैसा, स्विस फ्र्यांक एकको खरिद दर १७३ रुपैयाँ ४७ पैसा र बिक्री दर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ। अष्ट्रेलियन…

Read More