Business Share Market 

सिमेन्ट कम्पनीका सेयरमा उच्च वृद्धि

०६ साउन, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २.७९ प्रतिशत बढ्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ४.६३ प्रतिशत बढ्यो । उत्पादन तथा प्रशोधन समूहमा १० कम्पनी सूचीकृत छन् । जसमा ४ वटा सिमेन्ट कम्पनी छन् । मंगलबार सिमेन्ट कम्पनीकै सेयरमा एकाएक आकर्षण देखियो । जसले गर्दा समग्र उत्पादन समूहमा उच्च वृद्धि देखियो । सिमेन्ट कम्पनीबाहेक यस समूहका केही कम्पनीको मूल्य घटेको पनि छ । शिवम् सिमेन्टको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेको मूल्यमा पनि कतिपयले खरिद गर्न पाएनन् । त्यस्तै सोनापुर सिमेन्टको ९.०८, सर्वोत्तमको ७.५२ र…

Read More
Business Gold & Silver 

सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि वृद्धि

०६ साउन, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा १ हजार ८०० रुपैयाँले बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदी प्रतितोला २ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य…

Read More