ipo 

माबिलुङ इनर्जीको आईपीओमा पर्‍यो १० करोड ८६ लाख माथिको आवेदन

३१ असार, काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा १० करोड ८६ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (असार ३१ गते) बिहान १०ः६ बजेसम्म ६३ हजार २१३ जनाले १० लाख ८६ हजार ३०० कत्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ७.२१ गुणा बढी आवेदन हो ।

माबिलुङ इनर्जी लिमिटेडले असार २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ५० हजार ४७१ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यस आईपीओ साउन ४ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

यस आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

Related posts

Leave a Comment