Gold & Silver 

चाँदीको मूल्य घट्यो, सुन स्थिर

३१ असार, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज स्थिर देखिएको छ भने चाँदीको मूल्यमा भने गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा कुनै परिवर्तन देखिएको छैन ।

चाँदीको मूल्य भने आज ४० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३१५ रुपैयाँ रहेको चाँदी आज घटेर २ हजार २७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन हुने गरेको छ ।

Related posts

Leave a Comment