झनै घट्यो महँगी, ११ महिनामा २.७२ प्रतिशतमात्र
२४ असार, काठमाडौं । नेपालमा मुद्रास्फीति झनै घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा ४.१७ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहको छ । अघिल्लो वर्ष यी दुई समूहको क्रमश: ५.८५ प्रतिशत र ३.०९७ प्रतिशत मुद्रास्फीति थियो । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यु तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक…
Read More