Business Gold & Silver 

सुनचाँदीको भाउ घट्न थाल्यो

०६ असार, काठमाडौँ । सुनचाँदीको भाउ लगातार दोस्रो दिन गिरावट आएको छ । शुक्रबार सुन तोलामा ८०० रुपैयाँ तथा चाँदी तोलामा ५० रुपैयाँले घटेको हो । बिहीबारदेखि सुनचाँदीकोे भाउमा गिरावट आएको हो । बिहीबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार…

Read More
Share Market 

नेसनल लाइफको लाभांश पारित

०५ असार, काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद र पाँच प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको राजधानीमा सम्पन्न ३७ औँ वार्षिक साधारण सभाले उक्त लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ मा व्यवसाय सन्तोषनजनक रहेको बताइएको छ । कम्पनीको कुल बिमा शुल्क २१.९० प्रतिशतले वृद्धि भई २०४९.१२ करोड पुगेको जनाइएको छ । समीक्षा वर्षको सञ्चालनबाट जम्मा १३६८.१८ करोड रुपियाँ खुद थप रकम कुल बिमा करार दायित्वमा सारिएको छ र कुल बिमा करार दायित्व गत वर्षको…

Read More
Business 

आकाशियो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको भाउ कति पुग्यो ?

०५ असार, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरलगायतका विदेशी मुद्राको भाउ आकाशिएको छ । अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएकोमा आज बढेर खरिदमा १३८ रुपैयाँ ४६ पैसा र बिक्रीमा १३९ रुपैयाँ ०६ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८५ पैसा, स्विस फ्र्याङ्क एकको…

Read More