Business Share Market 

कारोबारसँगै घट्यो नेप्से, माइक्रोफाइनान्समा आकर्षण

०३ असार, काठमाडौं । मंगलबार सेयर कारोबार रकमसँगै परिसूचक नेप्से घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३.९० अंक घटेको हो । सो कमीपछि नेप्से २६५४ अंकमा कायम भएको छ । कारोबार रकममा उल्लेख्य कमी आएको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६५ करोडमा खुम्चियो । कुल ९९ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो । यस दिन माइक्रोफाइनान्स समूहमा आकर्षण देखियो । सो समूह १.१० प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.२७ तथा व्यापार ०.११ प्रतिशत बढे । यीबाहेक सबै समूहका सूचक घटे…

Read More
Main Headlines 

निवर्तमान गभर्नर अधिकारीकै हस्ताक्षर भएको नयाँ नोट प्रचलनमा

०३ असार, काठमाडौँ । राष्ट्र बैंकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको १० रुपैयाँ दरको नोट प्रचलनमा ल्याएको छ । अधिकारी राष्ट्र बैंकबाट अवकाशमा गएको दुई महिना बढी भइसकेपछि अधिकारीकै हस्ताक्षर भएको नोट प्रचलनमा आएको हो । राष्ट्र बैंकले साविककै आकारमा संकेत नं.द ३२ ०००००१ देखि प ९४. ९९९९९९ सम्मको रु १० को नोट सोमबार देखि प्रचलनमा ल्याएको छ । नोटमा बायातर्फ सगरमाथा र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा कृष्णसारको चित्र रहने बैंकले जनाएको छ । अधिकारी २०८१ चैत २५ गते राष्ट्र बैंकबाट अवकाश भएका…

Read More
Automobiles 

लक्जरी ईभीको नयाँ लाइनअपसँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

०३ असार, काठमाडौँ । विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५ को अप्रिलमा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल (न्यु इनर्जी भेइकल) बिक्री वृद्धिको उल्लेखनीय उपलब्धी हासिल गरेको छ । कम्पनीले अप्रिलमा ३१ हजार ४८८ वटा न्यू इनर्जी भेइकल बिक्री गर्यो । जुन अघिल्लो वर्षको सो अवधिको तुलनामा १२.९९ प्रतिशतले बढी हो र यसले चुनौतिपूर्ण प्रथम त्रैमासिक पश्चात्मजबुत पुनरागमनको संकेत गर्दछ । चोंगकिंगलियाङजियाङ न्यू एरियामा रहेको यो अटोमोबाइल निर्माता कम्पनीले हुवावेसँगको सहकार्यमार्फत चीनको एनइभी बजारमा बलियो उपस्थिती बनाएको छ । यसको प्रमुख मोडल एम९ मा अत्याधुनिक इन्टेलिजेन्ट ड्राइभिङ…

Read More
Business Gold & Silver 

एकैदिन २५ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

०३ असार, काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ एकैदिन तोलामा २ हजार ५०० रुपैयाँले घटेको हो । सुनसँगै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, मंगलबार चाँदी तोलामा ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार…

Read More
Business 

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

०३ असार, काठमाडौँ । अन्नपूर्ण –४ नारच्याङको लेकगाउँमा निर्माण भएको ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाले निर्माण सकेर विद्युत् उत्पादननका लागि आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरेको हो । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार आयोजनाले विद्युत्गृहमा जडान गरेका मेसिन उपकरण र उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने प्रसारण लाइनको परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोडिएको हो । विद्युत् विकास बोर्ड र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि तथा ठेकेदार कम्पनीका प्राविधिकद्वारा विद्युत्गृहमा टर्वाइनलगायत उपकरणमा विद्युत्…

Read More