Business Share Market 

सेयर बजारमा साढे १२ अर्बको कारोबार, घट्यो नेप्से

२९ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ९.०८ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । नेप्से परिसूचक घट्दा पनि कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज १२ अर्ब ५१ करोडको भयो । ९९ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो । आज होटल तथा पर्यटन समूहमा उच्च वृद्धि देखिएको छ । सो समूह २.१४ प्रतिशत बढ्यो । होटलका अलवा हाइड्रोपावर समूह ०.२२ र फाइनान्स ०.८९ प्रतिशत बढे । बैंकिङ ०.६२, विकास बैंक…

Read More
Business Gold & Silver 

सुनको भाउ १ हजार ६०० रुपैयाँले बढ्यो

२९ जेठ, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबार सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यता, बिहीबार चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदी तोलामा १५ रुपैयाँले घटेको हो । बिहीबार चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो…

Read More