Banking Business 

तरलता बढेपछि आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

२८ जेठ, काठमाण्डौँ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको राष्ट्र बैंकले आज पनि सोहि अनुसार पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा…

Read More
Business Gold & Silver 

लगातार ३ दिन घटेको सुनको भाउ बुधबार महँगीयो

२८ जेठ, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबार, सोमबार र मंगलबार लगातार ३ दिन घटेको सुनको भाउ बुधबार भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार शुक्रबारको तुलनामा ३ हजार रुपैयाँले घटेको थियो । त्यस्तै सोमबार १०० रुपैयाँ र मंगलबार ६०० रुपैयाँले घटेको सुन बुधबार एकैदिन १ हजार ३०० रुपैयाँले बढेको हो । बुधबार सुन प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्य…

Read More