Business Share Market 

बजार घटे पनि हाइड्रोपावर सेक्टरमा उत्साह

२५ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ११.०६ अंक घटेको छ । योसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो । आजको गिरावटपछि नेप्से परिसूचक २६२९ अंकमा कायम भएको छ । ८६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो । बजार घटे पनि कारोबार रकम बढेको छ । बिहीबार ७ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो । बजारमा अधिकांश सेक्टर घट्दा पनि हाइड्रोपावरमा उत्साह देखिएको छ । आज यो सेक्टर १.२२ प्रतिशत बढ्यो । धेरै मूल्य बढेका ५ कम्पनीमा सबै हाइड्रोपावर परे ।…

Read More
Banking Business 

राष्ट्र बैंकले गर्यो २५ अर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान

२५ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको छ । बैंकले आइतबार सुचना निकालेर बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुँनेगरि निक्षेप संकलनको लागि आह्वान गरेको हो । बैंकले २०८२ जेठ २५ गते मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल हुने जनाएको छ । बैंकका अनुसार घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरि कुल आह्वान रकम सम्म बोलकबोल गर्न सकिने जनाएको छ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा…

Read More
Business Gold & Silver 

सुनको भाउ ३ हजार रुपैयाँले घट्यो, चाँदीमा सामान्य गिरावट

२५ जेठ, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको छ । चाँदीको मूल्यमा भने सामान्य गिरावट अर्थात् ५ रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार चाँदी प्रतितोला २ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा…

Read More