सुन-चाँदीको भाउ बढ्यो, यस्तो छ आजको कारोबार
१८ जेठ, काठमाडाैँ । नेपाली बजारमा आइतबार सुन–चाँदीकै भाउ बढेको छ । अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला ७ सय रूपैयाँ बढेको सुनको भाउ आइतबार प्रतितोला तीन सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।