Business Main Headlines 

सिक्टा र वृहत दाङ सिञ्चाई आयोजनालाई ८ अर्ब

१५ जेठ, काठमाडौं । सरकारले सिक्टा सिञ्चाई र वृहत दाङ सिञ्चाई परियोजनाका लागि ८ अर्ब रुपैयाँ बजेट घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै सिक्टा सिञ्चाई र वृहत दाङ सिञ्चाई परियोजनाका लागि ८ अर्ब रुपैयाँ बजेट घोषणा गरिएको बताएका हुन् ।

भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क र पावर हाउस निर्माण कार्य २ वर्ष भित्र सम्पन्न गरिने भएको छ । यसका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ । सिञ्चाई प्रर्णालीको मर्मतमा १ अर्ब ८२ करोड विनियोजन गरिएको मन्त्री पौडेलले जनाए ।

Related posts

Leave a Comment