Banking Business 

बैंकहरूको अनिवार्य नगद मौज्दात आइतबारदेखि दैनिक ९० प्रतिशत

१४ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आगामी आइतबारदेखि दैनिक रुपमा राख्ने अनिवार्य नगद मौज्दात बढेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा वित्तीय प्रणालीको तरलता व्यवस्थापनका लागि अनिवार्य नगद मौज्दात दैनिक सीमा बढाउने उल्लेख गरेको थियो । सो अनुसार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै दैनिक कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात ९० प्रतिशत पुर्‍याउन भनेको हो । बैंक तथा वित्तीय संस्थाले कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दात बापत केन्द्रीय बैंकमा राख्नु पर्छ । यस व्यवस्था बमोजिम कायम गर्नु पर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत…

Read More
Business Share Market 

बैंकिङले उचाल्यो सेयर बजार, बढ्यो कारोबार

१४ जेठ, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १७.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६९३ अंकमा कायम भएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५८ करोडको भयो । १४८ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रह्यो । आज २ : १० बजेपछि बजारले वृद्धिको लय समातेको हो । बजार वृद्धिमा बैंकिङ सेक्टरको सबैभन्दा ठूलो योगदान रह्यो । समग्र नेप्से ०.६१ प्रतिशत बढ्दा बैंकिङ सेक्टर सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो…

Read More
Banking Business 

अधिक तरलता हुँदा अन्तरबैंक दर घट्यो, बढाउन ८० अर्ब निक्षेप संकलन

१४ जेठ, काठमाडौं । आर्थिक गतिविधि वृद्धि हुन नसक्दा सुस्त भएको कर्जा मागले वित्तीय प्रणालीमा अधिक तरलता समस्या झनै बढ्दै गएको छ । केन्द्रीय बैंकले प्रणालीको अधिक तरलता अल्पकालीन व्यवस्थापन गर्न आज बुधबार ८० अर्ब खिच्ने भएको छ । अर्थतन्त्रमा देखिएको सुस्तताले कर्जा माग बढ्न नसक्दा वित्तीय प्रणालीमा तरलता बढेको हो । कर्जा माग नबढ्नु, रेमिट्यान्स आप्रवाहमा निरन्तर सुधार र निर्यात समेत बढेपछि वित्तीय प्रणालीमा तरलता बढेको हो । साथै, आर्थिक वर्षको अन्तिम समयमा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाउने भन्दा पनि असुलीमा ध्यान केन्द्रित गर्ने भएकाले प्रणालीमा अधिक…

Read More
Business Gold & Silver 

एकैदिन १६ सय रुपैयाँले घट्यो सुनको भाउ

१४ जेठ, काठमाडौँ । बुधबार सुनको भाउ १६ सय रुपैयाँले घटेको छ । मंगलबार २०० रुपैयाँले घटेको सुनको मूल्य आज तोलाकै १६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको…

Read More