Business Share Market 

सेयर बजार घट्दा पनि माइक्रोफाइनान्समा आकर्षण

११ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ८.५७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६७९ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६० करोडमा सीमित भयो । ९९ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने एउटाको स्थिर नै रह्यो । माइक्रोफाइनान्स सेक्टरमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । आज सो सेक्टर २.३२ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह ०.१३ प्रतिशत बढ्यो । यी दुईबाहेक सबै सेक्टर घटे । बैंकिङ…

Read More
Banking Business 

वित्तीय प्रणालीमा अधिक तरलता हुँदा विकास ऋणपत्र ल्याइने

कार्ययोजनामा राजस्व र खर्चबीच अन्तर पूरा गर्नमात्र छोटो अवधिका ट्रेजरी बिल जारी गर्न अर्थ मन्त्रालय र केन्द्रीय बैंकलाई निर्देशन दिइएको छ । ११ जेठ, काठमाडौं । सरकारले बैंकिङ प्रणालीमा अधिक तरलता भएको समयमा विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले दीर्घकालीन प्रकृतिका परियोजनाका लागि वित्तीय प्रणालीको अधिक तरलता प्रयोग गर्ने भएको हो । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न बनाएको कार्ययोजना अनुसार आगामी एक वर्षभित्र दीर्घकालीन आयोजना छनोट गरेर विकास ऋणपत्र जारी गर्ने भएको हो । त्यसका लागि आवश्यक कामको जिम्मेवारी सम्बन्धित निकायका रूपमा अर्थ मन्त्रालयलाई…

Read More
Banking Business 

प्रभु बैंक र इला कम्फर्ट होटल बीच विशेष छुट सम्झौता

११ जेठ, काठमाडौँ । प्रभु बैंक र बाग्लुङ नपरपालिका–२ स्थित इला कम्र्फट होटल एण्ड रिर्साेट बीच व्यवसायिक साझेदारीको लागि १२ गते एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बीच इला कम्फर्ट होटल का तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंक लिमिटेडका तर्फबाट, बैंकका प्रमुख क्षेत्रिय व्यापार अधिकृत राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा…

Read More
Main Headlines 

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र नेपालमा मोबिलिटीको नयाँ परिभाषा स्थापित गर्दै

११ जेठ, काठमाडौँ । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो विशेष मोडेलमार्फत गतिशीलताको धारणा नै फेरिदिएको छ । इनड्राइभ ‘ आफ्नो यात्राको भाडा आफैं तय गर्नुहोस् र मनपर्ने चालक छान्नुहोस्’ मोडेलमा अग्रणी सेवाप्रदायक हो । यस ग्राहकमैत्री मोडेलले यात्रुहरूलाई आफूले चाहेको यात्राको मूल्य प्रस्ताव गर्ने, उपलब्ध चालकहरू मध्यबाट छनोट गर्ने र सवारी साधनको प्रकार चयन गर्ने स्वतन्त्रता दिन्छ । यो सेवा परम्परागत सवारी साधन बुकिङ प्लेटफर्महरू भन्दा पूर्ण रूपमा भिन्न छ, जहाँ मूल्य निर्धारण स्वचालित एआई मोडेल र एल्गोरिदमहरूद्वारा तय हुन्छ । इनड्राइभले यात्रु र चालक दुवैलाई…

Read More
Banking Business 

वित्तीय प्रणालीमा १ खर्ब तरलता भएपछि निक्षेप संकलन मार्फत खिच्दै राष्ट्र बैंक

११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न हम्मे परेको छ । स्थायी निक्षेप मार्फत प्रणालीको तरलता व्यवस्थापन नभएपछि साताको ३ पटकसम्म निक्षेप संकल उपकरण मार्फत तरलता खिच्ने गरेको हो । गत साता मात्रै दुई पटक निक्षेप संकलन गरेको केन्द्रीय बैंक यो साता पहिलो दिन आइतबार फेरि २१ दिन अवधिको ३० अर्ब निक्षेप संकलन जारी गरेको छ । वैशाख मध्यमा केन्द्रीय बैंकले एक साता अवधिको ३ पटकसम्म निक्षेप संकलन उपकरण प्रयोग गरेको थियो । आइतबार यसभन्दा अघिको २७ अर्ब ५० करोडको निक्षेप संकलन परिपक्व भएसँगै वित्तीय…

Read More
Business Gold & Silver 

सुनको भाउ तोलामा १४ सय बढ्यो

११ जेठ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ४ सयमा कारोबार भएको थियो । चाँदीको भाउ स्थिर छ । चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More