सुनको भाउ एकैदिन १ हजार १०० रुपैयाँले घट्यो
०९ जेठ, काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । लगातार २ दिनसम्म बढेको सुनको भाउ शुक्रबार भने एकैदिन १ हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो…
Read More