सुरुमा ह्वात्तै बढेर अन्त्यमा घट्यो सेयर बजार
०७ जेठ, काठमाडौं । राष्ट्र बैंकमा गभर्नर नियुक्ति हुने चर्चाले अघिल्लो दिन सेयर बजार ४९ अंक बढ्यो । नियुक्तिपछि बजारले थप गति लिने धेरै लगानीकर्ताको अनुमान थियो । सुरुवाती कारोबारमा बजारले त्यहीं संकेत देखायो । कारोबार सुरु भएको ३ मिनेटमै बजार अघिल्लो दिनको तुलनामा ९४ अंकसम्म बढ्यो । नेप्से पहिलो सर्किट लेभल ४ प्रतिशत नजिकै पुग्दा बिक्री चाप बढ्यो र सर्किट ब्रेक लाग्न पाएन । ३ मिनेटमै २७७१ अंकसम्म पुगेको बजार बन्द हुँदा भने २६६९ अंकमा झर्यो अर्थात् सुरुवाती कारोबारको अंकभन्दा अन्त्यमा १०२ अंकले बजार झर्यो । यद्यपि अघिल्लो दिनको…
Read More