सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो
०२ जेठ, काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा ३ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो । शुक्रबार चाँदी प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।…
Read More