Business Share Market 

१४ अंक घट्यो सेयर बजार, जीवन बीमामा आकर्षण

३० वैशाख, काठमाडौं । मंगलबार सेयर बजार १४.८७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६३४ अंकमा कायम भएको छ । कारोबार सुरु भएको ६ मिनेटमै बजार २६६९ अंकसम्म पुगेको थियो, जुन आजका लागि अधिकतम अंक रह्यो । बजार घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १० अर्ब २० करोडको कारोबार भएकोमा आज ९ अर्ब ६३ करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने एउटाको स्थिर रह्यो । यस दिन जीवन बीमा सेक्टर सबैभन्दा धेरै ०.९५ प्रतिशत बढ्यो । यस सेक्टरका अधिकांश…

Read More
Business Main Headlines 

नेपाल विद्युतीय व्यावसायी महासंघको १५ औं वार्षिक साधारण सभा सम्पन्न

३० वैशाख, काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको सभामा देशभरका विद्युतीय व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले व्यवसाय सञ्चालनमा प्रदेशका कानुन बाधक भएमा व्यवसायीहरुसँग छलफल गरी आवश्यक संशोधन गर्न सरकार तयार रहेको बताए । ‘सरकारले आफैं व्यापार गर्ने होइन, निजी क्षेत्रलाई सहजीकरण गर्ने हो,’ उनले भने, ‘जति निजी क्षेत्रको लगानी बढ्छ, त्यति नै…

Read More
Business Share Market 

विद्युत बिक्री आम्दानी बढ्दा अपि पावरको नाफामा ६८९ प्रतिशतको वृद्धि

३० वैशाख, काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको खुद नाफा उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उच्च दरमा बढेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न पुगेको हो ।…

Read More
Business Gold & Silver 

सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो, चाँदी भने बढ्यो

३० वैशाख, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य २ हजार रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधार सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार…

Read More