Business Travels & Tourism 

पर्यटकीय गन्तव्य मौलाकालीमा होटल निर्माण

२९ वैशाख, काठमाडाैं । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । मौलाकाली केवलकार सञ्चालनमा आएको दुईवर्षपछि होटल सञ्चालनमा ल्याइएको हो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा स्वीट तथा डिलक्स गरी ६५ वटा कोठा, एक हजार जना अट्ने क्षमताको ब्याङक्वेट तथा सभाहल, रेष्टुरेन्टको सुविधा रहेको आइएमई ग्रुप तथा मौलाकाली केवलकारका अध्यक्ष चन्द्र ढकालले बताए । स्थानीयको साझेदारीमा आइएमई समूहले केवलकार र होटल सञ्चालन गरेको हो । केबलकार र होटल निर्माणले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिमा आउने पर्यटकका लागि सहज…

Read More
International 

चीन–अमेरिका व्यापार युद्धमा अप्रत्याशित ब्रेकथ्रु, नयाँ भन्सार दर कति ?

२९ वैशाख, काठमाडौँ । चीन र अमेरिका बीच लामो समयदेखि चलिरहेको व्यापार युद्धमा अप्रत्याशित रुपमा ब्रेकथ्रु आएको छ । दुवै मुलुकले एकअर्काका सामानहरूमा लगाउँदै आएको उच्च भन्सार महसुल ९० दिनका लागि घटाउने सहमति गरेका छन् । स्विट्जरल्याण्डको जेनेभामा भएको घण्टौं लामो व्यापार वार्तापछि सोमबार सार्वजनिक गरिएको संयुक्त वक्तव्यका अनुसार, दुवै देशले आफ्नो व्यापारिक सम्बन्धलाई दीर्घकालीन, दिगो र पारस्परिक रूपमा लाभदायक बनाउने प्रतिबद्धता समेत जनाएका छन् । जेनेभामा भएको सहमति अनुसार, अमेरिकाले चिनियाँ सामानमा लगाउँदै आएको कुल १४५ प्रतिशत महसुललाई ३० प्रतिशतमा झार्नेछ भने चीनले अमेरिकी सामानमा लगाउँदै आएको १२५ प्रतिशत…

Read More
Banking 

एनएमबि बैंकको अगुवाइमा २ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

२९ वैशाख, काठमाडौँ । एनएमबि बैंक लिमिटेडको अगुवाइमा दोलखा जिल्लास्थित ४२ मेगावाट क्षमताको लाप्चे तामाकोशी जलविद्युत आयोजना तथा २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन प्रक्रिया सम्पन्न भएको छ । आयोजनाहरूमा करिब ७ अर्ब ४३ करोडको लगानी हुने जानकारी गराइएको छ । लाप्चे तामाकोशी जलविद्युत आयोजना दोलखा जिल्लाको विगु गाउँपालिकामा अवस्थित छ । आयोजनाको अनुमानित लागत करिब ७ अर्ब रूपैयाँ रहनेछ । जसमध्ये एनएमबि बैंक लिमिटेड, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक तथा अन्य वित्तीय संस्थाहरूबाट ५ अर्ब २५ करोड रूपैयाँ ऋण लगानी हुनेछ । आयोजनामा…

Read More
Travels & Tourism 

रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

२९ वैशाख, तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए । नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन । नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ । नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनःसुरु गरेको हो । रेसुङ्गा–काठमाडौँका लागि सात हजार ८० रुपैयाँ र काठमाडौंँ–रेसुङ्गा सात हजार दुई…

Read More
Business Gold & Silver 

सुनको भाउ तोलामा ३ हजार ७०० रुपैयाँले घट्यो

२९ वैशाख, काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबार सुनको भाउ ३ हजार ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुन १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदीको भाउ १० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधार सुनको मूल्य…

Read More