सेयर बजारमा गिरावट, ९ अर्ब २४ करोडको कारोबार
२१ वैशाख, काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ को विन्दुमा कायम भएको छ ।
आज ३२२ कम्पनीको सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड माथिको सेयर कारोबार भएको छ । आज ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५५ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५१ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ र ओम मेगा श्रीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अपर सोलु हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।