Business 

स्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य घट्यो

११ वैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य भने घटेको छ। अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य भने घटेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९८ पैसा छ। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १५५रुपैयाँ ४० पैसा र बिक्रीदर १५६ रुपैयाँ ०८ पैसा छ। त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८२ रुपैयाँ २० पैसा छ।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३७ र बिक्रीदर ८७ रुपैयाँ ७६ पैसा छ। त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २७ पैसा छ।आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४२ पैसा छ। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

Related posts

Leave a Comment